ध्रुवराज न्यौपाने
असोज ५ दाङ / ईलाका प्रशासन कार्यालय तुलसीपुरको भवन आज एक कार्यक्रमका विच सिलन्यास गरिएको छ । आज विहिवार एक कार्यक्रमका विच राप्ती अञ्चल अस्पताल देखि पूर्व तर्फ रहेको आफ्नै जग्गामा मुल्य अभिवृद्धि कर बाहेक २ करोड ४९ लाख १० हजार २ सय ३ रुपैयाको लागतमा पुर्ण एण्ड जुद्ध निर्माण सेवाले भवन बनाउने जिम्मेवारी पाएको छ । भवनको एक कार्यक्रमका विच दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सिलन्यास गर्नुभएको हो । सुविधा सम्पन्न दुई तले भवन २ वर्ष भित्र पुरा गरिसक्नुपर्ने लिखित सम्झौता गरिएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धन बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भवन निमार्ण गर्दा गुणस्तर र समयलाई महत्व दिन आग्रह गर्नुभयो । उहाँले हाल निमार्ण हुन लागेको भवनका लागि जग्गा कम भएको भन्दै वरपर रहेको सरकारी जग्गा प्रक्रियाबाट ईलाका प्रशासनलाई दिलाउन आफुले पहल थाल्ने समेत बताउनुभयो । उहाँले चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ । उहाँले मदिराजन्य पदार्थ साझ साढे आठ बजेपछि विक्री वितरण नगर्न समेत सबै व्यवसायीहरुलाई आग्रंह गर्नुभएको छ । कार्यक्रममा भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पाण्डे , तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र प्रसाद अर्याल , पत्रकार नारायणी रजौरे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।