मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार टुङ्गो लगायो जाजरकोट कांग्रेसले
  • मार्गरेखा संवाददाता

  • असोज, ६ जाजरकोट । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु जाजरकोट कांग्रेसले टुङगो लगाएको छ ।
    आगामी मंसिरमा हुने चुनावका लागि जिल्लाबाट उम्मेदवारहरुको टुङ्गो लगाइएको जाजरकोट कांग्रेसले जानकारी दिएको छ ।
    सदरमुकाम खलंगामा बसेको नेपाली कांग्रेसको बैठकले प्रतिनिधिसभाका लागि यस अघिको क्षेत्र नं। २ का सांसद राजिवविक्रम शाहलाई उम्मेदवार चयन गरको हो ।
    त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं। १ मा पूर्व क्षेत्रीय सभापति बेदराज सिंह र क्षेत्र नं। २ बाट पार्टी सभापति दीपकजंग शाहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेस जाजरकोटले जनाएको छ ।
    यस अघि २ वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यसपटक प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

     

  • ६ आश्विन २०७४, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित