नेपालगन्ज २१ असोज÷यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रको आयोजनामा विश्व अहिंसा दिवसको अवशरमा नेपालगन्जमा बहुुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुुख अतिथि उच्च अदालतका माननीय न्याधिस डा।सलाउद्धिन अख्तर सिद्धिकीले सम्पूर्ण धर्म ग्रन्थहरुको महत्व बराबर रहेकोले गहन अध्ययन गर्नुु पर्ने र सबै समुुदायका भाषा र संस्कृतिहरुको ज्ञानलाई आत्मसात् गर्नुु पर्नेमा जोड दिनुु भयो । साथै उहाँले नेपालगन्जमा एक साँस्कृतिक सङ्गग्रालय स्थापना गर्नुु पर्नेमा जोड दिनुुभयो । सामाजिक सद्भाव कायम गर्न साहित्यको अहम भुुमिका हुुने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सनत रेग्मीले बताउनुु भयो साथै उहाँले नेपालगन्ज विविध भाषा भाषीको शहर भएकोले बहुुभाषिक कवि गोष्ठीको महत्व रहेको र यसले एकआपसमा भातृत्व बिकास,सामाजिक सद्भाव फैलाउन महत्वपुुर्ण भुुमिका खेल्ने बताउनुु भयो ।
त्यसै गरि जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले थारु भाषामा कविता प्रस्तुत गर्नुु भएको थियो । त्यसैगरि मोहम्मद गुुल्फान खानले अवधी गीत प्रस्तुुत गरेका थिए । साथै सोही अवशरमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले उच्च अदालतका माननीय न्याधिस डा।सलाउद्धिन अख्तर सिद्धिकी र नेपालगन्ज महेन्द्र पुुस्तकालयका अध्यक्ष कन्हैयालाल टण्डनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो बहुुभाषिक कवि गोष्ठीमा अवधी साँस्कृतिक विकास परिषदका अध्यक्ष सचिदानन्द चौबै, विविकास साहित्यिक गुुठीका अध्यक्ष पंकज श्रेष्ठ,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य,क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुुख बशन्तराज अधिकारी,थर्ड एलाइन्स क्षेत्रीय संयोजक आलम खान,साहिदा बानो शाह, श्रदा केसी, मैमुुना सिद्धिकी, साहिल अन्सारी, कल्पना खरेल,श्यामानन्द सिह, शिव पाठक, लगायत २ दर्जन साहित्यकारहरुले सामाजिक सद्भाव सम्बन्धि कविता प्रस्तुुत गर्नुु भएको थियो । सो कार्यक्रममा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले नेपालगन्ज विविधतामा एकताको शहर भएकोले भाषा र संस्कृति संरक्षणमा जोड दिनुु पर्ने र एक विविध साँस्कृतिक सङ्गग्रालय स्थापना गर्नुु पर्नेमा जोड दिनुुभयो । यस्ता बहुुभाषिक कवि गोष्ठी कार्यक्रमले एकअर्काका भाषा बारे जानकारी हुुने र सामाजिक सद्भाव कायम गर्न मद्धत पुुग्ने सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका कार्यक्रम संयोजक लक्ष्मी तिवारी बताइन् । सो बहुुभाषिक कार्यक्रमको सन्चालन सपना भट्टराईले गर्नुु भएको थियो ।