मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
  • मार्गरेखा संवाददाता

  • आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि कांग्रेसले ३ महिलालाई प्रत्यक्षबाट भिडाउने भएको छ ।

    जसमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ, पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद डिना उपाध्याय र पूर्व सांसद डा. आरजु देउवा छन् । कांग्रेसले गुरुङलाई ताप्लेजुङबाट, उपाध्यायलाई मकवानपुर २ बाट र देउवालाई कैलाली ५ बाट भिडाउने भएको हो ।

    यस्तै गुल्मीको क्षेत्र नम्बर १ र २ बाट क्रमशः चन्द्र भण्डारी र चन्द्र केसी उम्मेदवार बन्ने भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले पाँचै जनालाई उम्मेदवार बनाउने निर्णय गरेको संसदीय समितिका सदस्य एनपी साउदले जानकारी दिए । मंसिर २१ को निर्वाचनको लागि आउँदो १६ गते आयोगमा उम्मेदवारी दर्ता गराउनु पर्नेछ । नयाँ पत्रिकाबाट

  • १३ कार्तिक २०७४, सोमबार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित