कैलाली कात्तिक १४ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं।५ बाट उम्मेदवार बनेकी पूर्व सभासद डा। आरजु राणा देउवा ले आर्थिक सम्बृद्धिले मात्रै स्थानिय र राष्ट्रको विकास हुने भन्दै आफूले चुनाव जिते गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय स्तरको नाका बनाउने प्रतिबद्धता गरेकी छन ।
चुनाव प्रचारका लागि मंगलबार धनगढी आएकी राणाले नदी कटान, मुक्त कमैयाहरुको बासस्थानको समस्याका लागि समेत दीर्घकालीन योजना बनाइ समस्याको हल गरिने भन्दै उनले आफूलाई विजयी बनाउन अपील गदै यहाँको एयरपोर्टको समेत स्तरोन्नतीका लागि पहले गर्ने आश्वासन दिइन् ।