नेपालगञ्ज कात्तिक १५ । बाँकेको नरैनापुर गाँउपालिकाका महिला,पुरुर्ष र बालबालिकाहरुले वालबिवाह र महिला हिंसा बिरुद्ध सामाजिक बहिष्कार गर्ने प्रतिबद्धता गरेका छन् ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा आयोजित बाल विवाह तथा लैंगिक हिंसा न्यूनीकरण बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन । अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागि नियमुल बेगमले समाजमा बिद्यमान कुरीतीलाई महिला समुह बनाई रोगथामको पहल गर्ने बताईन् । उनले पहिलेको तुलनामा केही सुधार हुदै गएको भन्दै यसको न्यूनीकरणका लागि निरन्तर सबैले लाग्नु पर्ने धारणा राखिन । कार्यक्रममा बोल्दै सुरज शर्माले बाल विवाह गर्ने परिवारलाई स्थानिय तह मार्फत सेवा सुविधा सोक्का गरेमा रोगथाममा सहयोग पुग्ने बिचार राखे । बाल विवाह तथा महिला हिंसा परम्परागत कुरीती र अशिक्षाको कारण समस्या बढ्दै गएको भन्दै त्यसका बिरुद्ध लागि पर्ने सहभागिहरुको भनाई रहेको थियो ।
बासद्धारा सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत सम्पन्न कार्यक्रमको संचालन बासका कार्यक्रम सहायक खेम बिष्टले गरेका थिए भने कार्यक्रममा बाल विवाह र महिला हिंसाका बिषयमा बासका कार्यक्रम संयोजक शम्भु शाहीले सहजिकरण गरेका थिए । कार्यक्रममा नरैनापुर स्थित महिला समुह, बालवालिका, विभिन्न समुहमा आबद्ध ब्यक्ति लगायत ३० जनाको सहभागिता रहेको थियो ।