किरण आर्चाय
नेपालगञ्ज कात्तिक १९ । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर १ मा उमेदवारी दिएका नेपाली कांग्रेसका ‘बागी’ ले उमेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधि सभाका नेपाली काँग्रेसका युवा नेता कृष्णा कार्कीले आइतबार मध्यान्ह उमेदवारी फिर्ता लिएका हुन् । पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै ‘बागी’ उमेदवारी दिएका युवा नेता कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी फिर्ता लिएका छन ।
बाँके १ बाट प्रतिनिधि सभामानेपाली काँग्रेसका युवा नेता एवम नेपाली काँग्रेस बाँके क्षेत्र न.१ का अध्यक्ष माधव राम खत्री चुनावी मैदानमा होमिएका छन् । कांग्रेसकै नेताले ‘बागी’ उमेदवारी दिएपछि कम्युनिष्ट गठबन्धनलाई चुनाव जित्न सहज हुने अनुमान गरिएको थियो । तर बागीले उमेद्धारी फिर्ता लिएपछि बाँके क्षेत्र १मा नेपाली काँगे्रसलाई निर्बाचनमा बिजय हुनबाट कसैले रोक्न नसक्ने कुरा नेपाली काँग्रेसका युवा नेता लुट बहादुर के सी बताए ।