दुर्गा आचार्य
बर्दिया,कात्तिक,२३। आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियाका मतदानस्थलाई सुरक्षाका तवरले तीन किसिमले बर्गिकरण गरि छुट्याईएको छ ।
जिल्लामा रहेका जम्मा १ सय ५३ मतदान स्थलमध्य ५७ वटा मतदान स्थललाई सुरक्षा दृष्टिले अति सम्वेदनसिल कायम गरिएको जानईएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा मतदानस्थललाई सुरक्षाका हिसावले ३ भागमा बर्गिकरण गरि छुट्याईएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जसमध्य ४२ वटा मतदान स्थललाई सम्वेदनसिल र ५४ वटालाई सामान्य स्थलको रुपमा बर्गिकरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाईले बताए । भारतीय सिमा क्षेत्रसंगजोडीएका मतदान स्थल, भौगोलिक दृष्टिले सदरमुकाम संग दुरी रहेका र खराव बाटोघाटोका हिसावले अतिसंवेदन सिल मतदान स्थलको रुपमा बर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले वताए ।
प्रजिअ भट्टाईका अनुसार निर्वाचनका समयमा मतदानस्थलमा तिन घेरामा सुरक्षा रहने छ ।मतदानस्थल भित्र नेपाल प्रहरीको घेरा, त्यस पछि सशस्त्र प्रहरी र लास्टमा नेपाली सेनाको घेरा रहने भट्टराईले बताए । निर्वाचनकै लागी भर्ना गरिएका १५ सय १४ म्यादी प्रहरीले समेत मतदानस्थलको सुरक्षामा खटिने समेत उनले वताए । उम्मेदवारको सुरक्षाका लागि उम्मेदवारलाइ आवश्यक पर्नै सुरक्षाका आधारमा सुरक्षा व्यवस्था गरिएको प्रजिअ भट्टराईले वताए ।
पछिल्लो मतदाता नामावली दर्ता पछि बर्दियामा मतदाता संख्या बृद्धिभै हाल २ लाख ७२ हजार ४७७ पुगेका छन ।बर्दियामा २ वटा प्रतिनिधी सभा र ४ वटा प्रदेश सभाका लागि निर्वाचनक्षेत्र रहेका छन् ।