नेपालगञ्ज २४, कार्तिक
बाँकेमा दुई गाउँपालिका सामुदायिक बिद्यालयमा चित्रकला प्रतियोगिता गरिएको छ । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गरी क्षमता बढाउने उद्देश्यले बिभिन्न सामुदाायिक बिद्यालयमा चित्रकला प्रतियोगिता शुक्रबार एकैसाथ गरिएको हो । साबिकको बिनौना, फत्तेपुर, कम्दी, बेतहनी र होलियाका बिद्यालयहरुमा महिला हिंसा तथा बाल विवाह बिषयमा चित्रकला प्रतियोगिता गरिएको छ । बिद्यालयस्तरमै बालबालिकामा हिंसाका बिषयबारे जानकारी गराउन नेरा मा बि चिलहरिया, भुबर भवानी मा बि बिनौना, शिद्देश्वर मा बि शिधनवा, सहिद मा बि कम्दी, ज्ञा
न्दिप मा बि डलैपुर, पशुपती मा बि बेतहनी र जनता आधारभुत मा बि होलिया गरि ८ वटा बिधालयमा चित्रकला प्रतियोगिता गरिएको हो । स्याक नेपाल बाँके र अक्सफाम नेपालको साझेदारीमा गरिएको प्रतियोगितासंगै डुडुवा गाउपालिका वार्ड नं ५ ज्ञानदिप माबि डलैपुरमा शुक्रबार एक समारोह बिच भएको चित्रकला प्रतियोतामा पुनम चौधरी प्रथम, सुनिता ओलि दोस्रो र हितेश क्षेत्री तेस्रो भएको परियोजनाका सुपरभाईजर कृष्ण गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा १२ जना बिद्यार्थीहरुको सहभागिता जनाएका थिए ।