मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल तरूणदल सुर्खेतकाे एक बुथ १५ युथ बुथ सुरक्षा कमिटी
  • मार्गरेखा संवाददाता

  • सुर्खेत, २७ कात्तिक । नेपाल तरूणदल सुर्खेतले एक हजार एक सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेकाे छ । अाइतबार बसेकाे बैठकले आगामी मंसिर २१ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई बिजयी गराउन तरूणदल जिल्ला अध्यक्ष हरि बिष्टको संयोजकत्वमा एक हजार एक जना चुनाव प्रचार प्रसार समिति गठन गरिएकाे हाे ।साथै निर्वाचनका लागि एक बुथ १५ युथ बुथ सुरक्षा कमिटी गठन गर्ने निर्णय गरिएकाे नेपाल तरुण दल सुर्खेतले जनाएकाे छ । नेपाल तरूणदलका पूर्व केन्द्रीय उपाध्यक्ष निरञ्जन के.सी, पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल, पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य बालदीप कंडेल, पूर्व जिल्ला उपाध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य नवल गिरि, नेपाली कांग्रेस पार्टीका नगर सचिब तथा वडा नं ६ का निर्वाचित सदस्य उपेन्द्र खड्का लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो ।

  • २७ कार्तिक २०७४, सोमबार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित