मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मतदाता भन्छन् काँग्रेस विना विकास असम्भव
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले घरदैलो अभियानलाई तिव्र पारेको छ । आगामि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसबाट बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि माधवराम खत्री र बाँके क्षेत्र नं. १ (ख)बाट प्रदेश सभाका उम्मेद्वार नारायण गौडेलले आज कोहलपुर १३ खड्कवारमा घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । घरदैलो अभियानका क्रममा कोहलपुर १३ का जनताले नेपाली काँग्रेसले कोहलपुरको विकास गर्नसक्ने भएकाले यस पटक नेपाली काँग्रेसको टिमलाई बिजय गराउने प्रतिवद्वता जनाउनुभएको छ । मतदाताहरुले आफ्ना मागहरु अहिले सम्म विजय भएका अन्य पार्टी पुरा गर्न नसकेकोले अब यस पटक नेपाली काँग्रेसलाई बिजय गराउने प्रतिवद्धता व्यक्र गरेका थिए । साथै प्रतिनिधि सभाका उम्मेद्वार माधवराम खत्रीले नेपाली काँग्रेसलाई बिजय गराई सुन्दर, शान्त र समृद्धि बाँके क्षेत्र नं. १ निर्माण गर्ने जिम्मेवारी दिन अनुरोध गर्नुभएको थियो । उहाँले कोहलपुर १३ को समस्यालाई संसदमा बिजय पछि समाधानका लागि विशेष योजनाका साथ लाग्ने बताउनुभयो । त्यस्तै घरदैलो अभियानका क्रममा मतदातासँग भेट गर्दै नेपाली काँग्रेसबाट बाँके क्षेत्र नं. (ख) बाट प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले यस पटक कोहलपुरका जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी लोकतन्त्रीक गठबन्धनलाई विजय गराउन अनुरोध गर्नुभएको थियो । साथै उहाँले कोहलपुर १३ विकासले दृष्टिकोणले पछि परेकाले विजय भए पछि सबै भन्दा पहिला विकट वडाहरुलाई विकासको मुलधारमा ल्याउने बताउनुभयो । ‘मलाई जनताको सेवा गर्ने अवसर दिन मतदाताहरुसँग अनुरोध छ’ उहाँले भन्नुभयो ‘कोहलपुर नगरपालिका वडा नम्बर १३ को अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने र संसदमा विजय भएपछि जनताकै सेवा गर्नेछु ।’
    घरदैलो अभियान अन्तर्गत कोहलपुर वडा नम्बर १३ को खड्कवार क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो ।
    घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलाराम शर्मा, नारायण सिग्देल, महासमिति सदस्य भानुभक्त भट्टराई, जिल्ला सदस्य चिन्तामणि धिताल, युवा नेता कृष्ण कार्की लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो .

  • २७ कार्तिक २०७४, सोमबार १६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित