मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका ४० वटा विद्यालयमा विपद जोखिम न्यूनिकरण परियोजना
  • मार्गरेखा संवाददाता


  • नेपालगन्ज, मंसिर ४ । बाढीको उच्च जोखिममा रहेका बाँके जिल्लाका तीनवटा गाउँपालिकाका ३० वटा सामुदायिक र १० वटा निजी विद्यालय गरेर ४० वटा बिद्यालयमा बिद्यालय सुरक्षा परियोजना संचालन गरिएको छ ।
    सोमवार नेपालगन्जमा शिक्षा र विपद जोखिममा काम गर्ने विभिन्न सरोकारवाला निकायको उपस्थितिमा सो परियोजना संचालन गरिएको जानकारी गराईएको हो ।
    जिल्लाको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका ४० वटा बिद्यालयमा विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनिकरण परियोजना संचालन गरेर ती बिद्यालय, स्थानीय समुदाय र बिद्यार्थीलाई सुरक्षित पार्ने कार्य शुरु गरिएको बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले बताउनु भयो ।
    सो परियोजनाका बारेमा जानकारी गराउने उदेशयले आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी साउदले विभिन्न प्रकारका प्रकोप र विपदबाट बिद्यालयलाई सुरक्षित राख्न सो परियोजना निकै महत्वपूर्ण भएकोले यस्तो परियोजना जिल्लाका सबै बिद्यालयमा संचालन गरिनु पर्ने माग गर्नुभयो ।
    गत बर्ष १० वटा बिद्यालयमा संचालन गरिएको सो कार्यक्रमको परिणाम निकै सकारात्मक र उत्कृष्ट देखिएकोले उक्त परियोजनामा भएका तालिम र जानकारी जिल्लाका सबै बिद्यालय, शिक्षक र बालबालिकाले पाउनु पर्ने उहाँको धारणा थियो ।
    सो अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका एसोसियट डाईरेक्टर विरेन्द्र ठगुन्नाले बाँकेको राप्ती छेउछाउका बिद्यालयमा अध्ययनरत बालबालिकाहरु बाढीको अत्याधिक जोखिममा रहेकोले यो परियोजना संचालन गरिएको जनाउँदै परियोजना सकिएपछि यसको निरन्तरताका लागि स्थानीयतहले जिम्मेवारी लिने गरी काम गर्नु पर्नेमा जोड दिनु भयो ।
    कार्यक्रममा डुडुवा गाउँपालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्लले परियोजनाको बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने सहभागि बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सुझाव सल्लाह दिनु भएको थियो ।
    बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपाल रेडक्रस सोसाइटीका निरन्जना मल्ल, प्लान ईन्टरनेशनलका सन्जिव कुमार जोशी र डीईओसीका गौरी बुढाथोकी लगायतले परियोजनाका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
    सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालन गरिएको सो परियोजना राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २, ५, ६ र ७ डुडुवा गाउँपालिकाको १ देखि ५ नम्बर सम्मका ५ वटा वडाहरु र नरैनापुर गाउँपालिकाको ५ र ६ नम्बर वडामा संचालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
    सो परियोजनाले शिक्षा, बाल संरक्षण र विपद् जोखिम न्यूनिकरणमा सरकारी अधिकारी, समुदाय र बालबालिकाहरुको उत्थानशिलता सुधार गर्ने उद्धेश्य लिएको जनाउँदै विद्यालयतहमा प्रकोपका कारणले हुने क्षति न्यूनिकरण गर्न आपतकालिन अवस्थामा क्षमता विकास, जनचेतना अभिवृद्धि र योजना एवं निति निर्माण साथै कार्यान्वयनमा सहजीकरण गर्ने जानकारी परियोजनाका संयोजक दिपेन्द्र चौधरीले बताउनु भयो ।
    पmोटो क्याप्सन
    कार्यक्रममा तस्विरहरु संलग्न छन् ।

     

     

  • ४ मंसिर २०७४, सोमबार १९:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित