मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके युवाहरु मानव बेचबिखन बिरुद्ध कार्ययोजना सहित सक्रिय हुने प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  •  

     

    नेपालगञ्ज मंसिर ४ । माइती नेपाल नेपालगंज द्धारा बाँके जिल्लाका मानव वेचविखनको उच्च जोखिममा रहेका गाँउ पालिका र नगरपालिका समेतका युवाहरुलाई मानव बेचविखन विरुद्ध महिला वालवालिकामा आधारीत मानव अधिकार मुखी क्रियाकलापहरु थप प्रभावकारी रुपमा संचालन गर्नकालागि मानव बेचबिखन बिरुद्ध तिन तालिम दीईएको छ ।

    मानव बेचविखन विरुद्ध क्रियासील माइती नेपाल नेपालगंजले आयोजना गरेको उक्त कार्यक्रमा युवा हरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका , संपर्क स्थानहरु कानुनी व्यवस्था , बैदेशिक रोजगार , सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध युवााहरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा प्रशिक्षण प्रदान गरीएको थियो ।

    युवा हरुद्धारा मानव बेचबिखन बिरुद्ध सक्रीया रहि कार्य गर्ने गरि व्यतmीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्ययोजना समेत तयार पारेका छन् जस अन्तरगत व्यक्तिग तवर बाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परिवार र सथिहरु सवैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायहरु संग समन्वय गर्ने । पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्मस प्रदान गर्ने । चोक, चौतारा पसलहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं वहस संचालन गर्ने लगायतका कार्यहरु गर्ने रहेका छन् भने सामुहिक रुपमा गरीने क्रियाकलापहरुमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामकालागि अन्तरक्रिया, सडक नाटक, ¥यालि, घरदैलो जस्ता कार्यक्रमहरु गर्ने । मानव वेचविखन विरुद्ध क्रियासिल सरकारी र गैर सरकारी संघ संस्थाहरु संग समन्वय गर्ने । पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्महरु प्रदान गर्ने । हिंसामा परेका पिडित प्रभाविहरुलाई आत्म सम्मान पुर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुर्नस्थापनाकालागी क्रियासिल रहने लगायतका क्रियाकलापहरु रहेका छन् ।
    कार्यक्रमको समापनको अवसरमा हभागिहरुको तर्फबाट बिमल भण्डारी मानव बेचविखनको समस्याको रुपमा रहेको हुदा यसका बिरुद्ध हामी युवा हरु सचेत रहदै यसका विरुद्धमा हामि सवै मिलि क्रियासील हुनपर्दछ र हुनेछौ भन्दै गाँउ गाँउ सम्म चेतना फैलाउने धारणा राखेका थिय । भने अर्का सहभागी निर्जला बि.क.ले हामीले यस तालिममा सिकेका कुरा हरु समुदायस्तरमा फैलाउने बताउनु भयो भने अर्का सहभागि समित्रा मल्ल तालिममा सिकेका बिषय बस्तु हरु अव व्यवाहारिक रुपमा उर्तानु पछ र महिला वालवालिका प्रतिको हामि र हाम्रो समाजको सोच र दृष्टिकोणमा ठुलै परीवर्तन ल्याई मानव बेचविखन विरुद्ध जिम्मेवार र व्यवहारीक रुपमा क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरेका थिय ।
    यसैक्रममा यस अगि गठन भई क्रीयासिल रहेको जिल्ला स्तरिय “माइती युवा सन्जाल बाँके ” ( माइती युथ नेटवर्क बाँके ) लाई अझ प्रभावकारी रुपमा क्रीयासिल गराउदै उतm संजलले बाँके जिल्लामा मानव बेचबिखन बिरुद्ध महिला वालवालिकामा आधारित मानव अधिकारमुखि कार्यक्रम समय समयमा समिक्षा गर्दै थप प्रभावकारी रुपमा लैजाने छ । उतm अवसरमा माइती युवा संजालका अध्यक्ष मेघ बहादुर खत्रि , कोषाध्यक्ष पुष्पा सुनार र संजालका सल्लाहाकार मधु पौडेल समेत तिन दर्जन बढि युवाहरुको उपस्थिति रहेको थियो ।
    उतm तालिममा माइती नेपाल नेपालगंजका सयोजक केशव कोईराला , सहसयोजक गायत्री रिमाल , केन्द्रिय वालकल्याण समितिका श्रोत व्यतmी भिम अवस्थि , अभियान नेपालका कमला पन्त , जिल्लाका युवा अगुवा आशिस बर्मा , पत्रकार रुद्र सुबेदि लगायतले सहजिकरण गरिएको थियो ।

     

  • ४ मंसिर २०७४, सोमबार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित