मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनुमति नलिएका सवारी साधन चुनाव प्रचारमा हिड्न नपाउने — बर्दियाका मुख्य निर्वाचन अधिकृत
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया, मंसिर७,। मूख्यनिर्वाचन कार्यालबाट लिईएको पास सवारी साधनमा स्पष्ट देखिने गरि टाँसेका सवारी साधनले मात्रै चनावी प्रचारमा हिड्न पाईने मूख्य निर्वाचन कार्यालय बर्दियाले जानकारी गराएको छ । प्रचारका शिलशिलामा चलाईएका सवारी साधनहरुले अनिवार्य रुपमा निर्वाचन अधिकृतको कार्यायबाट पास लिएर मात्र प्रंचार गर्नपर्नै प्रावधान रहेको छ । अव पास नलिईकन चुनावी प्रचारमा हिँडेका सवारी साधनलाई कारवाहि गरिने मूख्य निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिृत तथा जिल्ला न्यायधिस किरण कुमार पोखरेलले वताएका छन् । पास नलिएका सवारी साधनलाई कडाई गर्नका लागि जिल्ला ट्राफिक प्रहरी तथा मताहातका कर्मचारीहरुलाई निर्दैशन समेत दिईएको मुख्य निर्वाचन अधिकृत पोखरेलले वतााए ।
    आचारसंहिता उल्ांघन गरि प्रचारपसार गरिएका प्रचार सामाग्रीहरु निर्वाचन अधिकृतको कार्यालय बर्दियाले हटाउने क्रममा आचार संहिता उलंघन गरेको पाईमा कारवाहि गरिने समेत मुख्य निर्वाचन अधिकृत पोखरेलले वताए । आसन्न मसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले आचारसंहिता बिवरित प्रचारप्रसार गर्न थालेपछि निर्वाचन अधिकृतको कार्यालय बर्दियाले प्रचारसमाग्री हटाउन थालेको हो ।निर्वाचनलाई मर्यादित वनाउनको लागि दलहरुले आचारसंहिता पालनमा गर्नुपर्नै हो तर दलहरु यसतर्फ ध्यान दिईएको भने पाईएको छैन । मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिसको सक्रियतामा टाँगएिको तुल,व्यानर झण्डा हटाउने काम भईरहेको छ । यो अभियान बजार केन्द्रित मात्र नभई गाँउगाँउमा जतासुकै पनि गरिने पोखरे्लले वताए ।

     

  • ७ मंसिर २०७४, बिहीबार ०८:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित