मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं १३ मा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण, प्रसुती सेवा प्रभावकारी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  मसिंर । आफ्नै समुदायमा पाईने स्वास्थ्य सेवा बढी प्रभावकारी भएको स्थानीय सेवाग्राहीले बताएका छन । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं १३ स्थित उदयपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको प्रसुती सेवामा आफनै घरको जस्तै सेवा दिएकोमा अन्यत्र अस्पताल भन्दा यसको विश्वास बढी लागेको सेवाग्राहीहरु बताएका छन ।
    नेपालगन्ज १३ का सुत्केरी महिला रानी पासीले भन्नुभयो–‘हाम्रो अस्पताल त गाउँकै स्वास्थ्य चौकी हो, त्यहा दिदीहरुले राम्रो सेवा दिनुहुन्छ किन बजारको अस्पताल जानुपरयो’ ।
    स्वास्थ्य चौकी अन्र्तगत प्रसुती केन्द्रमा नयाँ आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म १०७ जना महिलाको सफल सुत्केरी गराइएको अनमी प्रेमाकुमारी कठायतले बताउनुभयो । उहाँका अनुसार प्रसुती केन्द्रमा नेपालगन्ज वरिपरि पुरैना, बनकट्टी, जयसपुर, बेतहानी, भवनियापुर, पिप्रहवा लगायत बाहिरी क्षेत्रका महिलाहरुले समेत सेवा लिएका छन ।
    सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबको सहकार्यमा स्वास्थ्य चौकीद्धारा आज आयोजित स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्यक्रममा सेवाका बारेमा जानकारी गराइएको हो ।
    कार्यक्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा इन्चार्ज टेकबहादुर केसीले जानकारी गराउनु भएको थियो । त्यस क्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रसुती सेवा, खोप, स्वास्थ्य शिक्षा, औलो मलेरिया, परिवार नियोजन सेवा, ओपीडी सेवा, जेष्ठ नागरिक सेवा, लगायतका विषयमा चालु आर्थिक वर्षको साउनेदखि कार्तिकसम्मको चौमासिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।
    प्रस्तुत सेवा तथा प्रगतिका विषयमा छलफल गर्दा खोप कार्यक्रम र परिवार नियोजन सेवालाई अझ प्रभावकारी बनाउन बुलबुलिया र महापुरवा गाउँका मुस्लिम समुदायलाई लक्षित गरि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र प्रसुती सेवा केन्द्रका लागि एक जना अनमी कर्मचारी भर्ना गर्ने कार्ययोजना तयार गरिएको छ ।
    कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वार्ड नं. १३ का वडाध्यक्ष विरेन्द्र बहादुर शाहले वडामा समग्र स्वास्थ्य क्षेत्रका लागि डेढ लाख बढीका कार्यक्रम छुटाइएको जानकारी गराउदै समुदायमा स्वास्थ्य सेवाको प्रभावकारिताका लागि आगामी वर्षमा विशेष योजना तयार गरि लक्षित कार्यक्रम तयार गर्ने बताउनुभयो ।
    उहाँले स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४ भर्खरै आएकोले कानूनी अवरोधले सोचे अनुसारको काम गर्न नसकेको बताउदै वडामा स्वास्थ्य शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
    कार्यक्रममा वडा सदस्य ओमप्रकाश चौहान, निर्मला धोवी लगायतले स्वास्थ्य सेवाका विषयमा आ–आफ्नो सुझाय राखेका थिए ।
    सामाजिक परिक्षक रोकश कुमार मिश्रले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य संस्थाको सामाजिक परिक्षणको उद्देश्य, महत्व लगायतका विषयमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वयम्सेविका, सेवाग्राही, अगुवा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
    बाँके युनेस्को क्लबले बाँकेको उदयपुर, पुरैना र खजुराखुर्द स्वास्थ्य संस्थाको सामाजिक परिक्षण गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो ।

     

  • ७ मंसिर २०७४, बिहीबार १८:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित