मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चिडिमार समुदायका बालबालिकाका लागि ‘संगै पढौ संगै सिकौं’ अभियान बाँकेमा संचालन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर ८ / बिद्यालय जान नपाएका र बिचमै बिद्यालय छोडेका नेपालगन्जका गरिबबस्तीका बालबालिकालाई बिद्यालयमा भर्ना गराउने उदेश्यले ती बस्तीमा ‘संगै पढौ संगै सिकौं’ अभियान संचालन गरिएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिकाको बेलासपुरमा रहेको चिडिमार समुदायका धेरै बालबालिकाहरु अझैपनि बिद्यालय जानबाट बन्चित रहेको पाईएपछि सो समुदायलाई लक्षित गरेर पहिलो पटक ‘संगै पढौ संगै सिकौं’ अभियान संचालन गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
    बाँके युनेस्को क्लबद्धारा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालन गरिएको सहयात्रा परियोजना अन्तर्गत सो अभियान संचालन गरिएको हो ।
    उक्त अभियान अन्तर्गत धम्बोझी माविका १६ जना प्लस टु अध्ययन गर्ने बिद्यार्थिले चिडिमार समुदायका १६ जना बालबालिकालाई प्रति बिद्यार्थिले एक जना बालक वा बालिकालाई उनकै घरमै गएर ३ महिनासम्म एकदेखि दुई घण्टासम्म पढाउने छन् । तीन महिनापछि ती बालबालिकालाई बिद्यालयमा भर्ना गराईने छ ।
    सो अभियान सफल भएमा उक्त अभियानलाई नगरका अन्य गरिबबस्तीमा पनि संचालन गरिने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकीले बताउनु भयो ।
    उहाँले ती बालबालिकालाई पढाउनका लागि ‘मेरो पहिलो बिद्यालय’ नामको एक अभ्यास पुस्तिका समेत तयार गरिएको छ । सोही पुस्तिकाकै आधारमा ती बालबालिकालाई पढाइने छ ।
    उक्त अभियान संचालन गर्नका लागि छनोट गरिएका धम्बोझी माविका १६ जना बिद्यार्थीलाई तीन दिने सहपाठी सहजकर्ता तालिम दिईएको छ । तालिममा चिडिमार समुदायको बारेमा बिस्तृत जानकारी गराउनुका साथै अभ्यास पुस्तिकाको प्रयोगका बारेमा पनि प्रशिक्षण दिईएको छ ।
    तालिमको समापन कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक रत्न ओझाले नेपालगन्ज शहरमा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय पुरयाउन तथा ड्रप आउटको समस्या कम गर्न निकै चुनौती देखिएपछि यो अभियान संचालन गरिएको बताउनु भयो ।
    धम्बोझी माविका प्रधानाध्यापक किरण आचार्यले उच्च मनोबलका साथ काम गर्ने हो भने असम्भव केही पनि नभएको जनाउँदै ‘संगै पढौ संगै सिकौं’ अभियान सफल हुने बताउनु भयो । उहाँले यो अभियानसंग धम्बोझी माविको प्रतिष्ठा समेत गाँसिएकोले राम्ररी पढाउन बिद्यार्थीहरुसंग आग्रह गर्नुभयो ।
    सोही अवसरमा बोल्दै वडा बाल संरक्षण समितिका अध्यक्ष रामु चिडिमारले आफ्नो समुदायका बालबालिकाको शिक्षाका लागि संचालन गरिएको अभियानलाई सफल बनाउन हरेक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
    तलिममा सहभागि बिद्यार्थि समिक्षा रावलले तालिम निकै उपलब्धीमूलक रहेको जनाउँदै चिडिमार समुदायका बालबालिकालाई बिद्यालय भर्ना गराउने अभियानलाई पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
    बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरी, क्लबका कार्यक्रम अधिकृत आशिष बर्मा, राम श्रेष्ठ र ईश्वर विक लगायतले अभियानको औचित्य र आवश्यकताबारे बोल्नु भएको थियो ।
    नेपालगन्ज उपमहानगरका ५ वटा गरिबबस्तीलाई लक्षित गरेर क्लबले नगरभरीका सबै सरकारी बिद्यालय र केही मदरसामा सहयात्रा परियोजना संचालन गरिरहेको छ ।
    फोटो क्याप्सन
    तालिमका केही तस्विरहरु संलग्न छन् ।

  • ८ मंसिर २०७४, शुक्रबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित