मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चिडीमार समुदायमा वामगठबन्धन
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, ८ मंसीर – नेपालगञ्जका चिडीमारहरुसग वामगठबन्धनका उम्मेदवारहरु घरदैलो कार्यक्रम गरेका छन् ।
    नेपालगञ्ज–१२ नम्बर वडामा पर्ने बेलासपुरमा चिडीमारहरुको बाक्लो बसोबास रहेको छ । शुक्रबार सोही वडामा भएको घरदैलोका क्रममा वामगठबन्धनका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु बेलासपुरमा पुगेका थिए ।
    सो क्रममा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले आफूहरुले चिडीमारको शिक्षा, स्वास्थ्य र आर्थिक स्तर माथि उकास्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
    नेपालमा यो निर्वाचनपछि बामपन्थीको सरकार बन्ने र त्यो स्थायी सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गरेर देशलाई विकासमा अघि बढाउने उम्मेदवारद्वय मिश्र र गुप्ताले बताउनुभयो । घरदैलोका क्रममा क्षेत्र नं. २ का निर्वाचन परिचालन कमिटीका सहसंयोजक निरक गुरुङ र क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालले नेपालगञ्जको विकास र समृद्धिका लागि गठबन्धनलाई जिताउनु पर्ने बताउनुभयो ।
    घरदैलोमा समानुपातिक उम्मेदवार, निर्वाचन परिचालन कमिटीका पदाधिकारी, नेता तथा कार्यकर्ताहरु मतदाताको घरघरमा पुगेका थिए ।

    फोटोहरु ः

  • ८ मंसिर २०७४, शुक्रबार १९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित