मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सहकारी ठगी प्रकरण विरुद्धमा आन्दोलन गर्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख ३१ । नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सहकारी ठगी प्रकरण विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल महिला संघले भोलि र नेपाल तरुण दलले पर्सि राजधानीमा विरोध र्याली निकाल्ने तयारी थालेका छन् ।

    भोलि दिउँसो साढे १ बजे रत्नपार्कबाट विरोध र्याली सुरु हुने महिला संघले जनाएको छ । त्यस्तै पर्सि दिउँसो १२ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकाल्ने तरुण दलको तयारी छ ।

    तरण दलले आज जारी गरेको विज्ञप्तिमा जेठ २ गते दिनको १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगी विरुद्ध र्याली निकाल्ने निर्णय गर्दै आम सहकारी पीडितहरुलाई पनि विरोध र्यालीमा सहभागिताको लागि आह्वान गरिएको छ ।

  • ३१ बैशाख २०८१, सोमबार १९:०२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित