मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विवेकशिल साझा पार्टिका उम्मेदवार नेपालगञ्जका घर घर
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर ११ । बाँकेमा विवेकशिल साझा पार्टिका उम्मेदवारले आज नेपालगन्ज उपमहानगरपालीका वडा नं. १ को वाटरपार्क क्षेत्रमा घरदैलो गर्दै छन् । आईतवार पार्टिका संयोजक रविन्द्र मिश्रले नेपालगन्जमा सम्बोधन गरेपछि हौसिएका पार्टिका उम्मेदवारहरु हौसलाका साथ पुनः घरदैलोमा गएको पार्टिका बाँके संयोजक चिरन्जिवी शर्माले जानकारी दिनुभयो । पार्टीप्रतीको जनलहर बढ्दै गएको शर्माको भनाई छ । यसवर्ष राष्ट्रिय पार्टी अर्को वर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रती जनलहर बढ्दै गएको दाबी उहाँले गर्नुभयो । बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले नेपालगन्ज घरदैलो गर्दै छ । अधिकांश ठूला दलहरुले निर्वाचनलाई भड्किलो र आचारसंहितालाई उल्लघन गरेको भएपनि विवेकशील साझा पार्टीले भने त्यसो नगरेको भन्दै परिवर्तन यहीबाट सुरु गरिएको उम्मेदवार डाक्टर कर्णले वताए । पुराना पार्टीहरुले अधिकारको लडाइ लडे पनि मुलुकको सम्बृद्धि र विकासमा कुनै पनि भूमिका निभाउन नसकेको भन्दै बैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टी स्थापना भएको प्रतिनिधिसभाका उम्मेदवार कुवँरले वताए ।

     

  • ११ मंसिर २०७४, सोमबार ११:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित