मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि– स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी महामन्त्री गगन थापा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ जेष्ठ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि– स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन्।

    आइतबार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि–स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर गरे।

    सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूले सो समितिमा नरहने बताएको महामन्त्री थापाको जिकिर थियो। उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए।

    महामन्त्री थापाले भने, ‘सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ। म आज यहीँबाट भन्छु– बनाउने हो। आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ। सबैमा समिति बनाए हुन्छ। अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन। हो, तपाईं बस्नु नै पर्दैन। तपाईंको काम अब नेकपा एमालेले गरिदिन्छ। किनभने तपाईंहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ। नेकपा एमालेले सहकारी नउठाउने, तपाईहरुले गिरिबन्धु नउठाउने। त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन।’

  • ६ जेष्ठ २०८१, आईतवार २०:४४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित