मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

थारु, मधेशी, मुस्लिम र मगर, गुरुको भेषभुषा झल्किने र परम्परातदेखि चल्दै आएको साँस्कृतिलाई संरक्षण गर्नका लागि संग्रालयको स्थापना गरिने बाँके निर्वाचन क्षेत्र नं. १ (ख) को लोकतन्त्रीक गठबन्धनका उमेदार नारायण प्रसाद गौडेल
  • मार्गरेखा संवाददाता

  •  

     

    कोहलपुर, मंसिर ११ गते /बाँके निर्वाचन क्षेत्र नं. १ (ख) को लोकतन्त्रीक गठबन्धनले आफ्नो घरदैलो अभियान जारी रहेको छ । घरदैलो अभियान अन्तर्गत आज कोहलपुर नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
    घरदैलो अभियानका क्रममा बाँके निर्वाचन क्षेत्र नं. १ (ख) लोकतन्त्रीक गठबन्धका प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले स्थानिय जनतासँग कोहलपर–९ मा विपद् व्यवस्थापनका लागि स्थानिय स्तरमा पूर्व तयारीका लागि विभिन्न कार्यक्रम ल्याउने बताएका छन् । साथै स्थानिय जनताहरुले गाउँ टोल र वस्तीमा विद्युत पोल र लाईनको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । आगामि मंसिर २१ गते हुने निर्वाचनमा भोट दिँदा विकास दिने नेतालाई भोट दिने भन्दै स्थानिय जनताले लोकतन्त्रीक गठबन्धनका उम्मेद्वार गौडेल समक्ष पिपरीका सडकलाई स्तरउन्तीका साथै पक्की पुल सहित सडकलाई कालोपत्रे बनाउनुपर्नेमा जोड दिएका छन् ।
    स्थानिय जनतासँगको भेटघाटका क्रममा उम्मेद्वार गौडेलले थारु, मधेशी, मुस्लिम र मगर, गुरुको भेषभुषा झल्किने र परम्परातदेखि चल्दै आएको साँस्कृतिलाई संरक्षण गर्नका लागि संग्रालयको स्थापना गरिने र सडकको स्तरउन्तीका लागि विशेष योजना ल्याउने बताए । साथै उनले आफु निर्वाचित भए पछि कोहलपुर वडा नं. ९ का युवाहरुको बेरोजगारी न्यूनिकरण गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएका छन् । आगामि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाँके क्षेत्र नं. १ मा लोकतन्त्रीक गठबन्धबाट प्रतिनिधि सभामा माधवराम खत्री र क्षेत्र नं. १ (ख) मा नारायण प्रसाद गौडेले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको सहभागी रहेको थियो ।

     

    कोहलपुर, मंसिर ११ गते / बाँके निर्वाचन क्षेत्र नं. १ (ख) को लोकतन्त्रीक गठबन्धनले आफ्नो घरदैलो अभियान जारी रहेको छ । घरदैलो अभियान अन्तर्गत आज कोहलपुर नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
    घरदैलो अभियानका क्रममा बाँके निर्वाचन क्षेत्र नं. १ (ख) लोकतन्त्रीक गठबन्धका प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले स्थानिय  जनतासँग कोहलपर–९ मा विपद् व्यवस्थापनका लागि स्थानिय स्तरमा पूर्व तयारीका लागि विभिन्न कार्यक्रम ल्याउने बताएका छन् । साथै स्थानिय जनताहरुले गाउँ टोल र वस्तीमा विद्युत पोल र लाईनको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । आगामि मंसिर २१ गते हुने निर्वाचनमा भोट दिँदा विकास दिने नेतालाई भोट दिने भन्दै स्थानिय जनताले लोकतन्त्रीक गठबन्धनका उम्मेद्वार गौडेल समक्ष पिपरीका सडकलाई स्तरउन्तीका साथै पक्की पुल सहित सडकलाई कालोपत्रे बनाउनुपर्नेमा जोड दिएका छन् ।
    स्थानिय जनतासँगको भेटघाटका क्रममा उम्मेद्वार गौडेलले थारु, मधेशी, मुस्लिम र मगर, गुरुको भेषभुषा झल्किने र परम्परातदेखि चल्दै आएको साँस्कृतिलाई संरक्षण गर्नका लागि संग्रालयको स्थापना गरिने र सडकको स्तरउन्तीका लागि विशेष योजना ल्याउने बताए । साथै उनले आफु निर्वाचित भए पछि कोहलपुर वडा नं. ९ का युवाहरुको बेरोजगारी न्यूनिकरण गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएका छन् । आगामि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाँके क्षेत्र नं. १ मा लोकतन्त्रीक गठबन्धबाट प्रतिनिधि सभामा माधवराम खत्री र क्षेत्र नं. १ (ख) मा नारायण प्रसाद गौडेले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको सहभागी रहेको थियो ।

     

  • ११ मंसिर २०७४, सोमबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित