मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसद्वारा मतदान बहिष्कार
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ  जेष्ठ  ७ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको हो।

    प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् । जसअनुसार सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ मत पर्‍यो ।  यो मत बहुमत भएसँगै उनले विश्वासको मत पाएको घोषाणा सभामुखले गरे ।

    विश्वासको मतबारे मतदान हुँदा विपक्षमा कुनै मत परेन भने एक सांसद तटस्थ रहे ।

  • ७ जेष्ठ २०८१, सोमबार १३:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित