मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

युएईसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपालले ७ विकेटको पराजय भोगेको छ । अवुधावीमा नेपालले बनाएको २२२ रनलाई युएईले ४६ औं ओभरमा पुरा गर्यो
  • मार्गरेखा संवाददाता

  • काठमाडौं मंसिर २०  । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईसँग ७ विकेटको हार व्यहोरेको छ ।नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको बलिङ अक्रमण अपेक्षाकृत चल्न नसक्दा नेपाल पराजित हुनुपर्‍यो । खासगरी नेपाली बलरहरुले युएईका ब्याट्सम्यानहरुलाई चुनौती दिनै सकेनन् ।

    टिमको स्कोर ४२ हुँदा युएईले पहिलो विकेट गुमायो । अस्फाक अहमद १९ रनमा रनआउट भए । दोस्रो विकेटका लागि युएईका कप्तान रोहन मुस्तफा र घुलमान सब्बरले ८१ रनको साझेदारी गर्दै इनिङ उकासे । मुस्तफा ६२ रनमा शरद भेषावकरको बलमा आउट हुँदा युएईले २२.६ ओभरमा १२३ रन बनाएको थियो ।

    त्यसपछि आएका रमिज साहजादले सब्बरसँग मिलेर ६७ रनको साझेदारी गरेपछि युएई जितनजिक पुग्यो । रमिज साहजादले ३७ रन बनाएर आउट सन्दिप लामिछानेको बलमा आउट भए ।

    अविजित खेलेका सब्बरले ८१ रन बनाए भने मोहम्मद उस्मानले १७ रनको अविजित पारी खेले ।

    यसअघि युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो ।

    नेपालका शरद भेषावकरले ८१ रनको सर्बाधिक अविजित पारी खेले, जसको सहयोगमा नेपालले सम्मानित योगफल बनायो । यद्यपी त्यो जितका लागि पर्याप्त भएन । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।

    टिमको स्कोर ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४.५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्दै ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।

    त्यसपछि आएका कप्तान पारस खड्काले २० रनमात्र जोड्न सके । उनी ३४.२ ओभरमा पेविलियन र्फकँदा नेपालले १२२ रन बनाएको थियो । त्यसको दुई ओभरपछि आरिफ शेख दुर्भाग्यबस रनआउट हुन पुगे । रनले खाता खोल्नै पाएनन् ।

    छैटौं नम्बरमा आएका बिनोद भण्डारीले पनि ४ रनमात्र बनाउन सके । सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा नेपालको खातामा २० रन जोडे ।

    नेपालका लागि बसन्त रेग्मीले अविजित १४ रन बनाए ।

    बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए ।

    नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । यस्तोका युएईसँगको खेल नेपालका लागि प्रतिष्ठाका लागिमात्र हो । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

  • २० मंसिर २०७४, बुधबार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित