मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

माओबादीका  फणिन्द्रले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त
  • मार्गरेखा संवाददाता

  • जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत, ३१ सांसदको समर्थन पाएका छन् ।

    नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेको नाराबाजी र विरोधबीच सुरेन्द्रराजले बहुमत जुटाएका हुन् ।

    सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

    एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।

    राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

    २७ सदस्यीय कांग्रेस संसदीय दलका नेता पाण्डेले काठमाडौंबाट शीर्ष तहमै समझदारी गरेर सोमबार विश्वासको मत लिने निष्कर्षमा पुगेका हुन् ।

    पछिल्लो पटक खगराज अधिकारीलाई नै विश्वासको मत दिएका फणिन्द्रले यसपटक सुरेन्द्रराजलाई समर्थन गर्ने डा. बाबुराम भट्टराईले नै बताएका थिए ।

  • २८ जेष्ठ २०८१, सोमबार १७:४९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित