मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुकुरको टोकाइबाट हुने प्राणघातक रोग लागे मृत्यु पक्का
  • मार्गरेखा संवाददाता

  • डा. राकेशकुमार यादव
    सरुवा रोग विशेषज्ञ

    रेबिज एक प्राणघातक रोग हो । रेबिज लागेपछि छोटो समयमै मानिसको मृत्यु हुन्छ । त्यसैले रेबिजको लक्षण देखिनासाथ यसको उपचार गर्नुपर्दछ । रेबिजका ९५ प्रतिशत रोगी कुकुरको टोकाइबाट हुन्छन् । विश्वमा हरेक वर्ष रेबिज रोगबाट करिब ५० हजारको मृत्यु हुने गरेको छ । रेबिजबाट बच्न यस्ता सतर्कता अपनाउन सकिन्छ :

    रेबिज कसरी सर्छ ?
    रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

    लक्षण

    -रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिडचिडाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छन् ।

    -रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ ।

    -रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ ।

    -रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

    बच्न
    -घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने ।
    -भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने ।
    -स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने ।

    उपचार विधि

    -रेबिज रोग लागिसकेपछि ज्यान बचाउन गाह्रो पर्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । त्यसैले यसको लक्षण देखिएलगत्तै उपचारमा लागिहाल्नुपर्दछ।

    -रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्नुपर्छ । त्यसपश्चात् जति सक्दो चाँडो अस्पताल पुर्‍याई रेबिजविरुद्धको खोप लगाउनुपर्दछ ।

    कस्तो अवस्थामा पुग्छन् अस्पताल ?
    रेबिजका बिरामी अस्पताल आउँदा झमझमाउने सास फेर्न गाह्रो हुने पानी र हावादेखि डराउने आत्तिने समस्या लिएर आउने गर्दछन् । यसको कारण भने कुकुरले टोकेको एक–दुई महिनापछि मात्र बिरामी अस्पताल पुग्ने गर्दछन् । त्यसअघि उनीहरूले टिटानसको खोप मात्र लगाएका हुन्छन् । टिटानसको खोपले मात्र रेबिजबाट जोगाउँदैन । कतिपयले त्यही खोप पनि लगाएका हुँदैनन् । नेपाल सरकारले रेबिजविरुद्धको खोप निःशुल्क गरेको छ । तर पनि धेरैलाई यसबारेसमेत जानकारी छैन । रेबिजजस्तो खतरनाक रोगलाई बेवास्ता गर्दा धेरैको ज्यान गएको छ ।नयाँ पत्रिकाबाट

  • २४ मंसिर २०७४, आईतवार १२:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित