मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ, अब हामी सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनु पर्छ उपराष्ट्रपति नन्दबहादुर पुन । भिडियो सहित
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज मंसिर २८ । उपराष्ट्रपति नन्दबहादुर पुनले उनलेुनेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ, अब हामी सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनु छ, यसका लागि राजनीतिक दलहरुबीच सहकार्य, संवाद र समझदारी निरन्तर चलिरहनु पर्ने बताए
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गदै निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जाने विश्वास व्यक्त गरे छन् ।

    उपराष्ट्रपति पुनले सिर्जनालाई व्यवस्थित गर्न पुस्तक, पुस्तक व्यवस्थापनका लागि पुस्तकालय र पुस्तकालयको व्यवस्थापनका लागि पुस्तक नीति हुनु अहिलेको आवश्यकता रहेको बताए ।
    समारोहमा उपराष्ट्रपति पुनले शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने त्रिभुवन विश्व विद्यालयका स्रष्टाहरु पूर्वउपकूलपति प्राध्यापक डा सुरेशराज शर्मा, फिल्म निर्देशक यादव खरेल, साहित्यकार सनतकुमार रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दनपत्र, दोसल्ला प्रदान गरी सम्मान गरेका थिए ।
    त्यसैगरी, सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने सञ्जय सिंह, नारायण ज्ञवाली र वसन्त लामिछानेलाई पनि उपराष्ट्रपति पुनले सम्मान गरेका थिए ।
    पुस ८ गतेसम्म सञ्चालन हुने सो पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पुस्तकका १४० कक्ष राखिएका छन् भने महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।

  • २८ मंसिर २०७४, बिहीबार १६:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित