मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सेक्सले पनि शरीर सुन्दर बनाउँछ !
  • मार्गरेखा संवाददाता

  • शारीरिक सम्पर्कका बारेमा मानिसहरू खुलेर बहस गर्न चाहँदैनन् । कतिपय सेक्सबारेको समस्यासमेत बताउन नसक्दा गम्भीर रोगको सिकार पनि भइरहेका हुन्छन् । तर, शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक त छ नै, यसले स्वास्थ्यमा अनेकौँ फाइदा पनि पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ । शारीरिक सम्बन्धले स्किन र कपाललाई समेत सुन्दर र चम्किलो बनाउन भूमिका खेल्ने एक अनुसन्धानले देखाएको छ ।

    डन्डिफोरबाट छुटकारा
    शारीरिक सम्पर्कका कारण शरीरमा हर्मोनको तह सन्तुलित हुन्छ । जसकारण मनिसलाई डन्डिफोरको तनावबाट मुक्त हुन मद्दत मिल्छ ।

    स्किनमा चमक
    शारीरिक सम्पर्कले स्किनलाई ग्लोइङ राख्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यस्तो क्रियाकलापले शरीरको रक्तसञ्चारमा तीव्रता ल्याउँछ । जसकारण स्किनमा अक्सिजन सञ्चार हुने गर्छ र स्किन ग्लोइङ रहिरहन मद्दत पुग्छ ।

    चम्किलो कपाल
    शारीरिक सम्पर्कको समय उत्पन्न हुने हर्मोनले मानिसलाई एक्साइटेड मात्र बनाउँदैन, लामो समयसम्म कपाल चम्किलो रहिरहन पनि मद्दत पुग्छ । अनुसन्धान भन्छ कि शारीरिक सम्पर्कले शरीरमा पोषण ग्रहण गर्ने क्षमता बढाउँदै लैजान्छ र मेटाबोलिजमलाई बलियो बनाउँछ । जसकारण कपालमा साइनिङ आउँछ ।

    फ्रेसनेस
    शारीरिक सम्पर्कले शरीरमा हर्मोनलाई सन्तुलित गर्दै इड्रोफिन अर्थात् हिप्पी हर्मोनको समेत रिलिज गर्छ । यस्तो हर्मोनले स्किनलाई क्लियर र फ्रेस बनाउन मद्दत गर्छ ।

    रिंकल्स चट
    अनुहारमा रिंकल्स कम हुनका लागि महँगो क्रिमले मात्र भूमिका खेलेको हुँदैन । किनभने शारीरिक सम्पर्कले पनि अनुहारमा भएको रिंकल्स हटाउन मद्दत गरिरहेको हुन सक्छ । शारीरिक सम्पर्कले शरीरमा कोलेजन हर्मोन बढाएर अनुहारलाई इलास्टिसिटी बनाउँछ । जसकारण मानिसले रिंकल्सको समस्याबाट पनि छुटकारा पाउँछ ।नयाँ पत्रिका बाट

  • ३ पुष २०७४, सोमबार १२:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित