५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले दाङबाट बाघको हड्डीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
ब्यूरोका प्रहरी सहायक निरीक्षक संञ्चित केसीको नेतृत्वमा गएको प्रहरी टोलिले आज बिहान बबई गाउँपालिका ४ हापुरेबाट बाघको हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका—४ सुन्दरखाल निवासी ५९ बर्षीय पुर्णबहादुर हमाल, सोही ठाउँका ५० बर्षिय काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका—१ क ४५ बर्षीय चन्द्रबहादुर ओली रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय खिलतपुरमा बुझाइएको ५ नम्बर प्रहरी ब्यूरो नेपालगन्जले जनाएको छ । विशेष सुराकीका आधारमा नेपालगन्जबाट गएको ब्यूरो टोलिले उनीहरुलाई बबई गाउँपालिका—४ हापुरेबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई बाघको हड्डीसहित थप कारबाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाइने इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।