मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई महिना किन श्रीमतीसँग सुत्दैनन् भारतीय किसान ?
  • मार्गरेखा संवाददाता

  • के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ ? यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् ।

    नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचार्य जस्तो जीवन बाँच्ने गर्छन् ।

    यस दौरान उनीहरु रुखमा पालिएका रेशमका किराहरुलाई कमिला, रेशमका किरा खाने अन्य किरा र पंक्षीहरुबाट बचाउँछन् ।

    गुडाबान्दा प्रखण्डको अर्जुनबेडा गाउँका करिब ५० वर्षका सुरेश महतोको मौसमी ब्रम्हचार्यको दिन अब सकिन लागेको छ ।

    उनी भन्छन्, ‘रेशमको खेतिको बेला हामी आफ्ना श्रीमतीसँग सुत्दैनौं । उनीहरुले हामीलाई छुँदा पनि छुँदैनन् । हामी अलगअलग बस्छौं । हामी श्रीमतीको हातले बनाएको खाना पनि खाँदैनौं ।’

    यसको कारण खुलाउँदै सुरेश भन्छन्, ‘हमी जे खेति गर्छौं, त्यसमा यदि श्रीमतीसँग गयौं भने खेतीमा रोग लाग्छ ।’

    ब्रम्हचार्यका अलावा किसानहरुले अरु पनि नियमहरु पालना गर्छन् ।

    अर्जुनबेडा गाउँकै नित्यानन्द महतो भन्छन्, ‘किराको पहरेदारी गर्न हामी स्नान गरेर मात्रै जान्छौं । पहराका दौरान शौच गएपछि पनि नुहाउँछौं । किरा बिरामी भयो भने पूजापाठ गछौं र बोकाको बली पनि दिन्छौं ।’

    रेशम किराको खेतीको दौरान संयमित जीवन बाँच्ने नियम कहिलेबाट चलिआएको हो ?

    यसको जवाफमा सुरेश भन्छन्, ‘यस्तो हाम्रो हजुरबुवाले गर्नुहुन्थ्यो र उहाँको हजुरबुवाले पनि गर्नुहुन्थ्यो रे । हामी पनि गरिरहेका छौं र भोली हाम्रा बच्चाहरुले पनि गर्नेछन् ।’

    यस क्षेत्रमा रेशमको खेती गर्ने सबैजसो किसान, चाहे जुनसुकै समुदायका हुन्, ब्रम्हचार्यको नियम पालन गर्छन् । आदिवासी समुदायका मिहिर सबर अर्जुनबेडाबाट करिब तीन किलोमिटर टाढाको गाउँ धतकीडीहमा बस्छन् । उनी ती किसानहरु मध्येका हुन्, जसको रुख गाउँबाट टाढा जंगलहरुमा धेरै छन् ।

    उनी रेशम पालनसँग जोडिएका अन्य नियमहरु पनि बताउँछन्, ‘रेशमको खेतिको समयमा हामी अन्डा र माछा–मासु छुँदैनौं । जंगलभित्र झुपडी बनाएर बस्छौं र आफ्नै हातले पकाएर खान्छौं । यसको हामीले राम्रो फल पनि पाउँछौं ।’

    तर, पछिल्लो समयमा यो परम्परा विस्तारै धर्मराउँदै गएको छ । धतकिडिह गाउँमा बनेको रेशम उत्पादन सह प्रशिक्षण केन्द्रमा माकडी गाउँका दीपान्जली महतो भेटिए । उनको परिवार पनि रेशम खेति गर्दोरहेछ ।

    उनी भन्छिन्, ‘पहिले पुरुषले आफू मात्रै रेशमको खेती गर्थे र महिलाहरुलाई छेउछाउ पनि जान दिँदैनथे । तर, आजका हामी पनि यो खेतिमा सहयोग गरिरहेका छौं । सुरुमा एक दुई वर्ष पुरुषहरुलाई बुझ्न लाग्यो । अहिले उनीहरुले पनि बुझेका छन् कि महिला पनि रेशम खेति गर्न सक्षम छन् ।’

    झारखण्डको पहाडहरुबाट घेरिएको यस क्षेत्रमा रेशमको खेतिको अर्को मौसम करिब ६ महिनापछि मनसुनमा सुरु हुनेछ ।अनलाइन खबरबाट

  • १४ पुष २०७४, शुक्रबार १२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित