मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बासले बाँकेको बाढी प्रभावित राप्तीपारि सामाजिक सद्भावकालागि स्वयम् सेवा कार्य गदै
  • मार्गरेखा संवाददाता

  • सामाजिक सद्भावका लागि स्वयम् सेवा कार्यक्रम अन्र्तगत बाढी प्रभाबित क्षेत्रमा बासले बाँकेको नरैनापुर गाँउपालीकाको वडा नं. ६ गंगापुरका विभिन्न स्थानमा अस्थाई कच्चीचर्पी निर्माण गरेको छ । बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह सहित ८ जना स्वयम् सेवकहरुले प्रभावीत क्षेत्रकाविभिन्न स्थानमा पिडितहरुलाई सहयोग समेत गरेको थियो । कार्यक्रम अन्र्तरगत गंगापुरका बाढी पिडितहरुलाई खानेपानी बितरण गरेको छ । बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा बासका स्वयम्सेवकहरु सँग पिडीतहरुले आफुहरु गास, बास र कपासको अभावमा बस्न बाध्यभएको भन्दै उनीहरुले राहतको आसमा बसेको गुनासो पोखेको कुरा बासका कार्यकारी निर्देशक नमस्कार शाह जनाएका छन । बाढी पिडितको समस्या बुझिदिन सबै लाई अपील गरेका छन । अवलोकनको क्रममा सो क्षेत्रका सबै जसो घरहरुमा पानि पसेर घरमा रहेका सम्पूर्ण सामाग्रीहरु नष्ट भएको छ । चारैतीर पानीजमेका कारण उनीहरुकालागितत्कालखानेपानी, खाद्यान्न तथा औषधीको अभाव रहेको कुरा बासका कार्यकारी निर्देशक नमस्कार शाह जनाएका छन । बासले सो कार्यक्रम यूएनडिपीको सहयोगमा सामाजिक सद्भावतथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना संचालनगर्दै आएको जनाएो छ ।

     

  • १ भाद्र २०७४, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित