मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि काठमाडौंमा  सुरु
  • मार्गरेखा संवाददाता

  • ‘व्यवसायिक पत्रकारिताको आधार : प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि काठमाडौंमा  सुरु हुँदैछ ।  महाधिवेशन अाज देखि ६ गतेसम्म चल्नेछ ।

    महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

    नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।

    नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ ।

  • ४ भाद्र २०७४, आईतवार ०९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित