बर्दिया,भाद्र,११। प्रारम्भीक राहत वितरणको साथसाथै लायन्स क्लव ईन्टरनेशनलले दोश्रो चरणको राहत वितरण गरेको छ । बबई नदीमा आएको भिषण बाढी पछि घरका छाना नभएका बर्दियाका बाढी पिडीतलाई लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रीक ३२५ वी १र २ को सहयोगमा जस्ता पाता राहत स्वरुप वितरण गरेको छ । गुलरिया नगरपालिकाका बाढीबाट अत्यन्त प्रभावित वडानं ५ वालापुर र वडानं १० का बाढीपिडीत ६५ परिवारलाई २ वण्डलका दरले १३० वण्डल जस्तापाता वितरण गरेको छ । बर्दियामा पहिलो चरणमा करिव १२ लाख वारावरको जस्तापाता वितरण गरेपछि स्थानीय बाढी पिडीतको मुहारमा थोरैभए पनि खुशी थपीएको छ । बाढीले पटक पटक दुखःदिईरहेने बर्दिमा यसपटक भने मानवीय क्षति यसअघिको बाढीको तुलनामा न्युनरहेको भएता पनि बर्षभरीलाई जोहो गरेर राखेको अन्न बाढीले वगाए पछि राहतकै खाध्यान्नले हाललाई जोहो गरिरहेको वताउछिन गुलरिया नगरपालिका —६ की बाढी पिडीत महिला लक्ष्मी थरुनी ।
बिभिन्न क्षेत्रमा कामगर्दै आएको लायन्स क्लव ईन्टरनेशनलले दैवी प्रकोबाट पिडामा थलिएका हरुलाई विना स्वारर्थ आफ्नै निजी कमाईको रकमबाट राहत वितरण गर्दै आईरहेको वताउछ । बाढीले प्रभावीत देशभरकै बिभिन्न स्थानमा लायन्सले राहत वितरण गर्दै आईरहेको छ । प्रारम्भीक रहात वितरणले मात्रै पिडीतको गुजारा नचल्ने भएपछि कम्तिका छानोको व्यवस्था स्वरुप जस्तापाता बर्दियामा वितरण गरेको वताउछन् लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रीव्यूसनका पूर्व डिष्ट्रीक गर्भरनर सेम शाक्य । शाक्यका अनुशार हाल देशभरी करीव १ करोड भन्दा बढीको राहत कार्यक्रममा नेपाल सरकारलाई सघाईरहेको समेत वताएका छन् ।
बिभिन्न बाढी ग्रस्त क्षेत्रमा लायन्स क्लवका सदस्यहरुले राहत बितरण गरिरहेका छन् । बर्दियाका अधिकांस बाढी पिडीतहरुको घरको छानोनै नभएको भन्ने जानकारीमा आएपछि लायन्स क्लवका अधिकांस सदस्यहरुले बर्दियाका बाढीपिडीतलाई अव छानोको व्यव्स्था गर्नु पर्छ भन्ने उद्धेश्यका साथ राहतको प्याकेज लिएर आएको वताउछन् लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालका जोन चियर पर्सन डिआर पोख्रेल । जहा जस्लाई पिडा हुन्छ त्यहीनै लायन्सको उपस्थिती रहने पोखरेलको भनाई छ ।