भारतमा सीबीआईको विशेष अदातलले विवादित धर्मगुरु गुरमित राम रहीम सिंहलाई आफ्ना दुईजना महिला अनुयायीहरुलाई बलात्कार गरेको अभियोगमा आज दश वर्षको जेल सजाय सुनाएको छ ।
उहाँलाई बलात्कारको अभियोगमा गत हप्ता सोही अदालतले दोषी ठहर गरेको थियो । अदालतले १५ वर्ष अघिको बलात्कार घटनामा दोषी भएको ठहर गरे लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो ।
उहाँका समर्थकहरुले हिंस्रक प्रदर्शन गरेपछि ३८ जनाको ज्यान गएको थियो । फेरि हिंसा शुरु नहोस् भनेर हजारौं दंगा प्रहरीहरु परिचालन गरिएको छ । ति गुरुको आश्रम डेरा सच्चा सौदा रहेको स्थान सिरसामा कर्फ्यू लगाइएको छ ।