मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अखिल क्रान्तिकारीको निर्वाचन आज
  • मार्गरेखा संवाददाता

  • कोहलपुर अखिल क्रान्तिकारिको नयाँ नेतृत्व चयनकालागि आज काठमाण्डौंमा निर्वाचन हुने भएको छ ।

    निकै महत्वका साथ हेरिएको अखिल निर्वाचनकालागि देशैभरका विद्यार्थी नेताहरूको उम्मेदवारि परेको छ । ईतिहासमै पहिलोपटक चुनावि प्रक्रियाबाट नेतृत्व छनोट हुन लागेको हो ।

    यसैबिच कोहलपुरबाट समेत केन्द्रय समितिकालागि उम्मेदवारि दर्ता भएको छ । प्राप्त जानकारि अनुसार अखिल आन्दोलनमा सक्रिय चक्रमिलन चन्द, देबेन्द्र आचार्य र राजेन्द्र विष्ठले उम्मेदवारी दर्ता गराएका हुन ।

    चक्रमिलन चन्द

    चन्द बाँके जिल्लाकै पुराना विद्यार्थी नेतनका रूपमा परिचित छन । जिल्लामा अखिलको उपस्थिति शून्य प्रायः रहेको बेला विद्यार्थी राजनितिमा सक्रिय भएका चन्द ५ नम्बर प्रदेशबाट खुल्ला सचिवको उम्मेद्धार बनेका हुन । हाल अखिल क्रान्त्किारी ५ नम्बर प्रदेशका सह संयोजक समेत रहेका चन्दले प्रदेशकै नेतृत्व गर्दै सचिव पदका उम्मेदवारी दिएको बताएका छन ।

    देबेन्द्र आचार्य

    २०६३ सालबाट अखिल राजनिति सुरू गरेका कोहलपुर चिसापानि निवासी देबेन्द्र आचार्यले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारि दर्ता गराएका छन । चिकित्सा शास्त्रका विद्यार्थी समेत रहेका आचार्य कोहलपुरस्थित शिक्षण अस्पताल नेपालगञ्जमा अध्ययनरत छन । आचार्यले काठमाडौं विश्वबिद्यालयको तर्फबाट उम्मेदवारि दर्ता गराएका हुन ।

    राजेन्द्र विष्ट

    यसैबिच कोहलपुरस्थित बागेश्वर बहुमुखि क्याम्पसका स्ववियु सभापतिका उम्मेद्वार राजेन्द्र विष्ट पनि केन्द्रय राजनितिमा होमिएका छन । आफ्नो गृहजिल्ला सल्यानबाटै विद्यार्थी राजनितिमा सक्रिय हुँदै बाँके आएका विष्ट कोहलपुरका युवा विद्यार्थी माझ लोकप्रिय छन । अखिलको २१ औ अधिवेशनमा खुल्ला केन्द्रीय सदस्यकालागि उम्मेदवारि दिएका विष्ठ र आचार्य दुबैले बाँकेमा हुने अधिकाशं विद्यार्थी आन्दोलनको अगुवाई गर्दै आएका छन ।

  • १३ भाद्र २०७४, मंगलवार १०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित