मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा निशुल्क दिवा शिसु स्याहार केन्द्र संचालन
  • मार्गरेखा संवाददाता

  •  

    बर्दिया,भाद्र,१५। एसओएस सामाजिक केन्द्र बर्दियाले निशुल्क दिवा शिसु स्याहार केन्द्र संचालन गरेको छ । गत २८ गते बबई नदीमा आएको बाढीबाट प्रभावित वनेका गुलरिया नगरपालिका ईन्द्रपुर र मुक्तिनारायण टोलका वालवालिका हरुका लागि एकमहिनाका लागि निशुल्क रुपमा स्याहार केन्द्र संचालन गरिएको एसओएस सामाजीक केन्द्र बर्दियाले जानकारी गराएको छ । ईन्द्रपुर र मुक्तिनारायाण टोलका पूर्णघर क्षति भएका घरपरिवारका २ देखि ५ बर्ष सम्मका वालवालिका जोखिममा अवस्थामा भेटिएपछि महिला तथा वालवालीका कार्यलय संग समन्वय गरि स्याहार केन्द्र संचाल गरेको एसओएस समाजिक केन्द्र बर्दियाका संयोजक शिव चौधरीलेले वताए । बाढीबाट प्रताडित भएका वालवालकिाका अभिवाकलाई यसकार्यक्रमबाट अस्थाई रुपमाभएपनि राहत मिलेको वालवालिकाका अभिभावकहरुले वताएका छन् । ईन्द्रपुर र मुक्तिनारणय टोलमा २ देखि ५ बर्ष सम्मका ८४जना वालवालिका रहेकोमा हाल ४० जना वालवालिका हरुले स्याहार केन्द्रवाट सेवा लिईरहेका छन् । गुलरिया नगरपालिकामा ८ माअवस्थित मुक्तिनारायाण वृद्धआश्रममा संचालन गरिएको स्याहार केन्द्रमा ६० जना वालवालिकाको लागि मात्र भौतिक क्षमता भएको आयोजकले जानकारी गराएको छ । यस कार्यक्रममले वालवालिका हरुमा शारिरीक, मानसिक बिकाशको साथसाथै स्वास्थ्यलाई मध्यनजर राख्दै प्रयोगात्मक कुराहरुबाट वालवालीकालाई शिक्षा दिईने एसओएस सामाजिक केन्द्र बर्दियाकी ईन्चार्ज शान्ता थापाले वताईन् । हाललाई स्याहार केन्द्र भाद्र ८ गते देखि असोज ८ गते सम्म संचालन हुने ईन्चार्ज थापाले जानकारी गराएकि छिन् ।

     

  • १५ भाद्र २०७४, बिहीबार १३:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित