मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बहु उपयोगी नुन
  • मार्गरेखा संवाददाता

  • बहु उपयोगी नुन – नुन मानिसका लागि अत्यावश्यक पदार्थ हो । यसले खानालाई स्वादिष्ट बनाउने काम गर्छ । तर, अन्य प्रयोजनका लागि पनि नुन प्रयोग गर्न सकिन्छ, जुन कुरा सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ :

    प्याज र लसुन खाएपछि हात गनाउने समस्या हुन्छ । तर, सजिलै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि हातमा नुन रगडेर पानीले सफा गर्नुपर्छ ।

    वेलावेलामा जुत्ता गनाएको कारणले बेइज्जतको भारी बोक्नुपर्छ । यदि छोटो समयमै जुत्ता गनाउने समस्या भए मोजामा सानो पोका नुन राख्नुहोस् । यसो गरेको आधा घन्टाभित्रै गन्ध गायब हुन्छ

    काटेको फललाई ताजा बनाउनका लागि पनि नुन उपयोगी बन्न सक्छ । काटेको फलमा अलिकति नुन छर्किएर राखेमा लामो समयसम्म ताजा रहन सहयोग पुग्छ ।

    नुनलाई तामाको भाँडा चम्काउन वा भाँडामा लागेको खिया फाल्नका लागि प्रयोग गर्न सकिन्छ ।
    मैनबत्तीलाई लामो समय टिकाउनका लागि नुनको प्रयोग गर्न सकिन्छ । यदि डिनरमा मैनबत्तीको प्रयोग गर्दै हुनुहुन्छ भने यो विधि अपनाउन सक्नुहुन्छ । त्यसका लागि बाल्नुपूर्व लामो समय मैनबत्तीलाई नुनमा राख्नुपर्छ ।नयाँ पत्रिका बाट

  • २० पुष २०७४, बिहीबार ०८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित