कोहलपुर, २० पुस/ कोहलपुर नगरपालिकाले गत पुस १० गते नगरपालिकालाई सुर्तिजन्य प्रदार्थ निषेधित क्षेत्र घोषणा गरेपनि प्रभावकारी अनुगमन नहुँदा घोषणामै सिमित भएको छ । नगरपालिकाले आवश्यकले तयारी पुरा नगरी घोषणा गर्दा कतिपय व्यापारीहरुले आफूले थाहा नपाएको प्रतिक्रिया समेत दिएका छन । नगरपालिकाका प्रमुखले घोषणा गर्दा घोषणा पत्रमै व्यवसायीहरु सँग रहेको सुर्तिजन्य पदार्थ पान पराग, भोला , मेगाश्री,सुद्धप्लस आदि ७ दिन भित्र व्यवस्थापन गरिसक्नु पर्ने उल्लेख गरेका थिए । तर घोषणा गरेको दशैं दिनमा बजारमा अधिकांश पसलहरुमा ती सुन्य जन्य पदार्थहरु निस्फिक्री रुपमा विक्रीवितरण भइरहेको पाइएको छ ।
कोहलपुर नगरपालिका—२ मदन चोकमा किराना पसलमा थुपै सुर्तिजन्य पदार्थका पोकाहरु झुन्ड्यिार व्यापार गर्दै आएकी एक व्यपारीले सुर्ति जन्य प्रदार्थ निषेधित भएको थाहा नपाएको बताइन । नाम नबताउन चाहन वृद्धा व्यापारीलााई जानकारी गराउदा समेत भोट हालेर जन प्रतिनिधिहरुलाई जिताएर पठाएको त अहिले पसल गरी समेत खान नदिएको भन्दै आक्रोश व्यक्त गरिन ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं २ को वडा कार्यालय अगाडि पान तथा सुर्ति जन्य पदार्थको पसल संञ्चालन गर्दै आएका अरफ खानले आफ्नो वरपर सबैले निर्वाध रुपमा सुर्ति जन्य पदाथ बेचिरहेको हुँदा आफुले पनि बेचिरहेको बताए । नगरपालिकाले सुर्ति जन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेपनि कोहलपुर बसपार्क क्षेत्रमो खुलेआम सुर्तिजन्य पदार्थको विक्रिवितरण भईरहेको छ । बसपार्कमा होटल तथा पसलहरुमा ती पदार्थहरुका लहरा झुन्ड्याएर राखेको सबैले देख्न सकिन्छल । बस पार्कमा रहेका व्यापारीहरुले प्रतिक्रिया दिन नमाने पनि उनीहरुले सुर्तिजन्य पदार्थ निशेधित क्षेत्र घोषणा गरेको थाहा पाएर पनि खुल्ला रुपमा विक्री गरिरहेको सुझ्न गाह्रो छैन ।
सुर्तिजन्य पदार्थ निषेधित नगरपालिका घोषणा गरेको दशैं दिन सम्म पनि कोहलपुर प्रशासन निकायकै वरपर रहेका पसलहरुमा समेत निर्वाद रुपमा ती पदार्थहरुको विक्री वितरण भइरहँदा समेत घोषणा गर्ने निकाय र कानूनको पालना गराउने निकायहरुको मौनता देख्दा स्थानीय सरकारको महत्वपूर्ण घोषणाहरु घोषणामै सिमित रहने र कार्यान्वयन नहुने अवस्था देखिएको सर्वसाधारणहरुले प्रतिक्रिया दिएका छन् ।
आफूले गरेको घोषणा प्रति समेत नगरपालिकाको प्रभावकारी अनुगमन समेत देखिएकोे छैन । त्यसो त सुर्ति जन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्दा र गर्ने भन्दा अघि कोहलपुर नगरपालिकामा नगरपालिकाले माइकिङ, पर्चा पम्पलेट, पत्रिका जस्ता माध्यमबाट सूचना प्रवाह
मेत गरेको थियो । तर कयौं पसलवालाहरुसँग बुझ्दा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
कतिपयले त सुर्तिजन्य
पदार्थको औपचारिक घोषणाको औचित्य नभएको समेत बताएका छन् । कोहलपुर नगरपालिकाले विना तयारी घोषणा गरेकाले कार्यान्वयनमा समस्या देखिएको कतिपय स्थानीयको गरनासो छ भने नगरपालिकाले आफूले घोषणा गरेको कार्यक्रमलाई लागु गराउन कानून पालना गराउने निकायहरुसँग समन्वयन गरी प्रभावकारी अनुगमन गर्न आवश्यक रहेको त्यसका लागि नगरपालिकाले पहल लिनु पर्ने नाम नबताउने शर्तमा एक जना जनप्रतिनिधिले बताए ।