घोराही, २४ पुस /घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका ‘जेष्ठ नागरिकहरुलाई परिचय पत्र’ दिन थालेको छ । यस अघि महिला तथा बालबालिका कार्यालयबाट बितरण हुदै आएको जेष्ठ नागरिक परिचय पत्र उपमहानगरले आफै बितरण गर्न थालेको हो ।
नगर कार्यपालिकाको बैठकबाट निर्णय भए बमोजिम ६० बर्ष माथीका जेष्ठ नागरिकहरुलाई परिचय पत्र प्रदान भैरहेको उपमहानगरको महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माले जानकारी दिनुभयो ।
करिब एक महिना देखी सुरु गरिएको परिचय पत्र बितरणका क्रममा ४ सय ५० जनाले पाएका छन् । जेष्ठ नागरिकहरुलाई राज्यले दिएको सम्मानकारुपमा परिचय पत्रलाई लिनु पर्ने र ७० बर्ष देखी माथीका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता सँगै स्वास्थ्य उपचार र यातायातमा छुटको समेत व्यवस्था गरिएको छ ।