मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालमैत्री स्थानीय शासनका लागि बाल संरकविकास र अधिकारको प्रत्याभुत गर्न नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज माघ २ गते– बालमैत्री स्थानीय शासनका लागि जनप्रतिनीधीलाई थप जिम्मेवार बनाइदैछ । एक दिने अभिमुखीकरणमार्फत नेपालगन्ज उपमहानगरपालिकाले वडा अध्यक्ष तथा सदस्यहरुलाई बालबालिकाको समग्र विकासमा केन्द्रीत गराउने प्रयत्न गरेको छ । युनिसेफ नेपालको सहयोगमा एकिकृत सामाजिक विकास केन्द्र नेपालको सहजिकरणमा आज बालमैत्री स्थानीय शासन अन्तर्गत बाल संरक्षण तथा बालश्रम न्युनिकरण सम्बन्धि जनप्रतिनिधीहरूलाई एक दिने अभिमुखिकरण गराइएको हो । सोही कार्यक्रममा नेपालगञ्जको बालबालिकाको समग्र वस्तु स्थिती समावेश प्रोफाइल समेत बिमोचन गरिएको छ । बालबालिकाको स्थिती पत्र सार्वजनिक गर्दै उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले बालमैत्री स्थानीय शासनका लागि बाल संरक्षण, विकास र अधिकारको प्रत्याभुत गर्न जरुरी रहेको भन्दै सबै पक्षको हातेमालोको आवश्यक्तामा जोड दिनु भयो । बालबालिकालाई समाज विकासको साझेदारका रुपमा लिन अपील गर्दै प्रमुख राणाले समाजिक संघ संस्था र बाल क्लवसँग मिलेर काम गर्न पनि वडा अध्यक्षलाई सुझाव दिनु भयो । उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, यूनिसफेफका बाल संरक्षण अधिकृत राम प्रसाद गौतम, एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्र बहादुर केसी लगायतले बालमैत्री स्थानीय शासन, बाल संरक्षण, बाल श्रम न्यूनीकरण, जनप्रतिनीधीको भूमिका र सहकार्य लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । वडा अध्यक्षहरुका तर्फबाट वडा न २० का अध्यक्ष कृष्ण कार्कीले बालमैत्री समाज निर्माणमा वडा अध्यक्ष र कार्यालय सम्वेदनशिल र अग्रसर हुने भन्दै सहकार्यको खाँचो औल्याउनु भयो । सेभ द चिल्ड्रेन, बाँके यूनेस्को क्लवको सहयोगमा फाईन स्मार्ट इन्टरनेशनल कन्सल्ट्यान्टी प्रालिको सहकार्यमा प्रकाशित प्रोफाइलमा नगरको आधारभुत तथ्यांक, बालअधिकार सम्वन्धी सूचक, बाल विकास, बाल संरक्षण, बाल सहभागिता, समग्र मानव संशाधन तथा विकास आदि विषय समावेश छन् ।

     

     

  • २ माघ २०७४, मंगलवार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित