मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लसुनको चियाः पिउन काइदा, स्वास्थ्यलाई फाइदा
  • मार्गरेखा संवाददाता

  • प्राचीन ग्रीसमा मानिसहरुले लसुनको पानी खुब पिउने गरेको पाइन्छ । यसले शरीरलाई बलियो बनाउनका साथै सम्पुर्ण स्वास्थ्यलाई ठीक राख्ने काम गथ्र्यो । यसका साथै शरीरलाई उर्जा पनि मिल्थ्यो ।

    लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौं । यद्यपी यसमा औषधीय गुण पनि हुन्छ । खासगरी लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्टको स्रोत हो यो । लसुनलाई विविध रुपमा सेवन गर्न सकिन्छ । यो काँचो सेवन गर्दा फाइदा गर्छ । मसलाको रुपमा पनि प्रयोग गर्दा लाभदायक हुन्छ ।

     

    अब लागौं, लसुनको पानीको फाइदाबारे । यसलाई कतिले लसुनको चिया पनि भन्न सक्छन् । यसको अनेक गुणहरु हुन्छन् । त्यसो भए हामी पनि किन लसुनको चिया पिउन नथाल्ने, जसले स्वास्थ्यलाई फाइदा पुग्छ र मिठो पनि हुन्छ ।

    बिहान खाली पेटमा लसुनको केस्रा खान त्यति सजिलो हुँदैन । त्यसैले यसबाट बनेको चिया सेवन गर्नु उपयुक्त हुन्छ । यहाँ हामी तपाईंलाई लसुनको चिया कसरी बनाउने भन्ने सिकाउँदैछौ ।

    आवश्यक सामग्रीः १. लसुनको एक कल्ली २. एक गिलास पानी ३. अदुवाको एक टुक्रा ४. चम्चा कागतिको रस ५. एक चम्चा मह

    बनाउने विधिः

    सबैभन्दा पहिले एक गिलास पानी उमाल्ने र यसमा अदुवा र लसुन पिसेर हाल्ने । त्यसपछि १५-२० मिनेटसम्म यसलाई पाक्न दिने । अनि आगो बन्द गरेर १० मिनेटसम्म यत्तिकै छाड्ने । अब यो पानीलाई छान्नुपर्छ र यसमा एक चम्चा कागतिको रस र एक चम्चा मह मिसाउने । यसबाट चिया स्वादिलो र गुलियो हुन्छ । चिया तयार भयो । कागति र अदूवाले गर्दा लसुनको गन्ध पनि हराउँछ र यसलाई सजिलै पिउन सकिन्छ ।

    फाइदा

    १. वजन कम गर्छ

    यस चियाको सेवन गर्दा तपाईंको शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्किन्छन् । यसको कारणले शरीरमा रहेको अतिरिक्त बोसो नष्ट हुन्छ र तपाईंको वजन कम हुन्छ ।

    २. पाचन ठिक हुन्छ

    बिहान-बिहान लसुन चिया सेवन गर्दा तपाईंको शरीरको मेटाबोलिज्म ठिक सहन्छ र जसले पाचन तन्त्रले ठीकसँग काम गर्छ ।

    ३. मुटु स्वस्थ हुन्छ

    लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक हुन्छ जसले गर्दा मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।

    ४. मधुमेह नियन्त्रणमा

    दैनिक यो चियाको सेवन गरियो भने शरीरको कोलस्ट्रोल तह कम हुन्छ र यसले गर्दा मधुमेह हुँदैन ।

    ५. रुघा-खोकीमा आराम

    लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

    ६. रगत सुद्ध हुन्छ

    लसुन चियाको नियमित सेवन गर्नुभयो भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।

    ७. प्रतिरोधक क्षमता बढ्छ

    लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।

    ८. छालामा निखार आउँछ

    लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

    ९. हड्डी मजबुत हुन्छ

    लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

    १०. क्यान्सरबाट बचाउँछ

    लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।

    कतिबेला पिउने ?

    लसुनको चिया प्रत्येक विहान खाली पेटमा पिउन सकिन्छ । यो त्यति नै फाइदाजनक हुन्छ जति एउटा लसुनको कल्ली खाँदा हुन्छ । त्यसैले आजैबाट लसुनको चिया पिउन थाल्नुस र अनेकन लाभ प्राप्त गरौं ।अनलाइनखबरबाट

     
  • ४ माघ २०७४, बिहीबार १९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित