मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरीने ः प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • SONY DSC

     

    SONY DSC

     

    माघ ११, बाँके। प्रादेशिक महोत्सव २०७४ को नेपालगन्जमा भब्य समारोहका बिच उद्घाटन गरिएको
    छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भब्य समारोहका बिच महोत्सवको उद्घाटन गरेका हुन । आगामी माघ २२ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नेपालगन्ज ऐतीहासिक महत्वको शहर रहेको बताए । उनले संघिय संरचनाका आधारमा प्रदेश राजधानी बिभाजनमा केही समस्या देखापरेको उल्लेख गर्दै बाँकेवासीलाई अन्याय हुन नदिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।
    संघियतामा शक्ति बाँडफाँड अनिवार्य रहेकाले सबै सुविधाहरु एकै ठाँउ राख्न
    नमिल्ने भएपनि बाँकेमा रहेका पुर्वाधारहरुलाई अन्यत्रै लानेमा आफु सहमत नरहेको प्रचण्डले दाबी गरे । विकासकालागी राजधानी बाधक नहुने भन्दै प्रचण्डले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरीने बताए ।
    देशमै पहिलो पटक प्रादेशिक महोत्सव संचालन गरीएकोप्रति खुसी ब्यक्त गर्दै प्रचण्डले भने, ‘मेरै कार्यकालमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार प्रदान गरीएको १० बिगाहा जग्गामा बहुउद्धेश्यीय सभागृह निर्माण गर्ने कुराले निकै उत्साही भएको छु, त्यसकालागी अब बन्ने बाम गठबन्धनको सरकारले विशेष पहल गर्ने छ ।’

    महोत्सवमा सहभागी हुन बाँके आएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बाँकेलाई औद्योगीक राजधानीको रुपमा विकास गरिनुपर्नेमा जोड दिईन । आर्थिक सम्बृद्धिकालागी स्थायी सरकार आवश्यक रहेको भन्दै कार्यक्रमको विशिष्ट अतिथि समेत रहेकी राणाले अव बन्ने सरकारले आर्थिक सम्बृद्धिकालागी औद्योगीक क्षेत्रको विकासमा विशेष पहल गर्नुपर्ने बताईन ।
    महोत्सवको उद्घाटन अघि नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्ति सहितको कलश यात्रा निकालिएको थियो । कलश यात्रा सहितको र्याली नगरका बिभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । र्यालीमा बिभिन्न उद्योगी, ब्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरु ब्यानर सहित सहभागी भएका थिए । महोत्सव उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो ।

    SONY DSC

    ११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका
    छन ।

    SONY DSC

    ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।
    महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ ।

    SONY DSC

    महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने छ ।

     

  • ११ माघ २०७४, बिहीबार २२:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित