दुर्गा आचार्य
बर्दिया,माघ,१५।
समयमै उपचार गरेमा कुष्ठ रोग निको हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले वताएका छन् । नियमित उपचारको दायरामा आए अंगभंग पनि नहुने भन्दै समयमै कुष्ठ रोगको उपचार गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।कुष्ठ रोग दिवस २०७४को उपलक्ष्यमा जिल्ला स्वाथ्य कार्यालय बर्दियाले आईतवार आयोजना गरेको पत्रकारसंगको अन्तरकृया कार्यक्रममा प्रमुख अधिकारीले यस्तो अनुरोध गरेका हुन् । जिल्ला स्वास्थ्य प्रमुख अधिकारीले उपचार नगरेको कुष्ठरोगको बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यतिmलाई समेत रोग सर्ने भएकोले बेलैमा नियमित उपचार गराउनु पर्नै वाए ।
समाजमा अपमानीत हुने भन्दै रोग लुकायर उपचारमा नआउने भएका कारण मानिस हरु अंगभंंग भई कष्टकर जीवन बिताउनु परेको उनको भनाई छ । कुष्ट रोग लुकाएर नलुक्ने भएकाले समयमा उपचारमा आउनु पर्नै कुरामा अधिकारीले जोड दिएका थिए । कुष्ठ रोगको उपचार स्वास्थ संस्थाहरुमा निशुल्क गरिने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । नियमित उपचार पुरा गरेका बिरमाीलाई नेपाल सरकारले यातायात खर्च वाफत रु १ हजार समेत उपलव्ध गराउने गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कुष्ठ रोग पुर्वजन्मको पापले नभई किटाणुकारण लाग्ने भएकाले यस्तो भ्रममा नपरि उपचारको दायरामा आउनुपर्नै पत्रकार महाँसंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले वताए । यस्को वारेमा नागरिकलाई जानकारी गराई उपचारको दायरमा ल्याउनको लागि पहल गर्न संचारकर्मी हरुलाई अध्यक्ष धितालले आग्रह गर्दै प्रतिवद्धता समेत जनाएका छन् ।