दुर्गा आचार्य
बर्दिया,माघ,२१। बर्दियाको गुलरियामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हने भएको छ । गुलरिया नगरपालिाकाको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा माघ २४ गते देखि फाल्गुण ४ गते सम्म प्रतियोगिता संचालन हुने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष बिनय राजभण्डारीले पत्रकार सम्मेलन गरि जानकारी गराए । गुलरियाको कभर्डहलको मैदानमा हुने क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका जम्मा ८ वटा क्लवहरु खेलमा सहभागि हुने अध्यक्ष राजभण्डारीले जानकारी गराएका छन् । लिग कम नकआटको आधारमा खेलाईने प्रतियोगितामा ८ वटा टिमलाई पुल ए र पुल वी गरी ४—४ टिममा बिभाजन गरि खेलाईने आयोजकले जनाएको छ । यस लिग प्रतियोगितामा १२वटा खेलहरु हुने जनाईएको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने सिमूहलाई क्रमश २७ हजार ५सय र ११ हजार ५ सय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । प्रत्येक खेलमा म्यानअफ द म्याच घोषणा भएका खेलाडीलाई पुरस्कार स्वरुप ५ सय तथा म्यान अफ द सिरिज घोषणा हुने खेलाडीलाई ५ हजारले पुरस्कृत गरिने अध्यक्ष राजभण्डारीले जानकारी गराएका छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले खेलका मध्यमबाट देशको पहिचान हुने वताउदै खेलकुदलाई गुलरिया नगरपालिकाले बिशेष रुपमा हेर्नै वताएका छन् । आगामी परिषदमा खेलका लागि आवश्यक वजेट छुट्याउने समेत नगर प्रमुख यादवले पत्रकार सम्मेलनमा प्रतिवद्धता समेत गरेका छन् ।