घोराही, २३ माघ / घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले साढे २ सय बढी जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ । वडा कार्यालयबाटै २ सय ६५ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिनुभएको छ ।
दुई दिन सम्म वडा कार्यालयबाट परिचय पत्र प्रदान गरिएको र अन्य छुटेका जेष्ठ नागरिकहरुलाई पनि छिट्टै परिचय पत्र वितरण गरिने उहाँको भनाई छ । ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई उपमहानगरले परिचय पत्र बितरण गर्दै आएको छ ।
जेष्ठ नागरिकहरुको बिबरण संकलन गरि थप व्यक्तिहरुलाई पनि परिचय पत्र बितरण गर्ने योजना रहेको अध्यक्ष बुढामगरले बताउनुभयो । साथै यस अघि महिला तथा बालबालिका कार्यालयबाट मात्रै बितरण हुदै आएको जेष्ठ नागरिक परिचय पत्रहरु अब घोराही उपमहानगरबाटै प्रदान गरिएको छ ।
परिचय पत्रका आधारमा जेष्ठ नागरिकहरुले उपचार खर्च र यातायात खर्चमा छुटका साथै सार्वजनिक सेवा लिनका लागि लाईनमा बस्नु नपर्ने सरकारले व्यवस्था गरेको छ ।।