मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हरेक घरमा निशुल्क स्वास्थ्य सेवा तथा एसएलसी उतीर्ण युवा मेरो पहिलो प्राथमिकता बाँके डुडुवा गाँउपालिकाकाप्रमुख नरेन्द्र कुमार चौधरी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ४ फागुन । नेपालमै पहिलो पटक बाँके जिल्लाको डुडुवा गाँउपालिकाकाले नागरिकहरुका लागि स्वास्थ्य घरदैलो अभियान शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाउँपालिकाले सम्पुर्ण सेवाग्राहीहरुलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने गाँउपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरीले बताउनुभयो । प्रमुख चौधरीले भन्नुभयो—‘हरेक घरमा निशुल्क स्वास्थ्य सेवा तथा एसएलसी उतीर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ’ ।
    नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनका लागि गाँउपालिकाले स्वास्थ्य कार्ड समेत जारी गरेको छ । स्वास्थ्य सेवाको प्रभावकारिताका लागि गाउँपालिकाले बहुउपयोगि ल्याब समेत सञ्चालनमा ल्याएको छ ।
    डुडुवा गाँउपालिकाको वडा नम्बर २ बेतहनीस्थित स्वास्थ्य चौकीमा सञ्चालन हुने सो ल्याबमा सम्पुर्ण स्वास्थ्य परिक्षण निशुल्क गरिनेछ । ल्याब सञ्चालनमा आईसकेपछि गाँउपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार, सुगर, टाईफाईड, मलेरिया, ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानियस्तरमै परीक्षण हुनेछ ।
    अब केहीदिनभित्र ल्याबको उदघाटन गरि सञ्चालनमा ल्याइनेछ । घरघरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीहरुका लागि नेपालगन्जमा दुई दिने अभिमुखीकरणको आयोजना गरिएको छ । आज सकिएको अभिमुखीकरणमा गाँउपालिकाका स्वास्थ्यकर्मी लगायत ५० जनाको सहभागिता थियो । अभिमुखीकरणमा कर्मचारीको काम, कर्तब्य र अधिकार, प्रबर्धानात्मक स्वास्थ्य सेवा, लगायतका विषयमा जानकारी गराइएको थियो ।

     

  • ४ फाल्गुन २०७४, शुक्रबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित