मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उप–महानगरपालिका ले होली मनायो
  • मार्गरेखा संवाददाता

  • सामाजिक सद्भावको पर्व होली (फागु) विभिन्न गतिविधिका साथ मनाईएको छ । यस क्रममा नेपालगन्ज उप–महानगरपालिकाले जनप्रतिनिधि, विभिन्न क्षेत्रका अगुवा तथा कर्मचारीबीच धुमधामका साथ मनाईएको छ ।
    नेपालगन्ज उप–महानगरपालिकाद्वारा कार्यालय परिसरमा आयोजित होली मिलन समारोहमा सहभागीहरुले एक आपसमा रंग दलेर मैत्रीभाव प्रकटसहित शुभकामना आदान–प्रदान गरेका छन् । उपमहानगरका नगर प्रमुख डा धवल शमशेर राणाले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, उपप्रमुख उमा थापामगर लगायतलाई रंगको टिका लगाएर सबैमा हार्दिक शुभकामना व्यक्त गर्र्दै होलि मिलन कार्यक्रमको आयोजना गरेका थिए ।
    आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै विकासको समृद्धिमा अघि बढन पर्वले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले होली पर्वलाई आपसी तिक्तता मेटेर विश्वास र मिलनको बातावरण बनाउने माध्यमका रुपमा लिनुपर्ने आवश्यक्ता औल्याँउदै विकासमा हातेमालो गर्न पनि सबैमा अपील गरे ।
    जिल्ला समवन्य अधिकारी हरिकृष्ण ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु, वडा अध्यक्ष, पत्रकार तथा कर्मचारी सहभागि समारोहमा खुसी प्रकट गर्दै विभिन्न प्रकारका रंग दल्दै शुभकामना साटासाट गरेको रमाइलो दृश्य थियो ।
    विशेषतः तराई क्षेत्रमा भोली होली मनाइने भएपनि अधिकांस कार्यालय र संघ संस्थाले होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि रहेका छन् । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

  • १८ फाल्गुन २०७४, शुक्रबार ०७:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित