मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक एकता तथा मधुवन औधोगिक ब्यापारिक कृषि पर्यटन महोत्सव महोत्सव शुरु
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया फागुन २० । देश निमार्णमा उद्योग ब्यापारको आवश्यकता ब्याबसायिक हित संगै सामाजिक एकता” तथा मधुवन औधोगिक ब्यापारिक कृषि पर्यटन महोत्सव २०७४ बिधिबत उद्योग बाणिज्य संघ ५नम्बर प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले उद्घाटन गरेका छन् ।
    अध्यक्ष तिवारीले बिकासका लागि बर्दिया जिल्लालाई केन्द्र संग जोड्नु पर्ने आबश्कता रहेको बताएका छन् । बर्दिया जिल्ला सम्भाबना बोकेको जिल्ला र बिकास गर्न चुनौती पनि रहेको बताउदै यस जिल्लाको बिकाशका लागि केन्द्र र प्रदेशबाट सहयोग गर्न तयार रहेको समेत तिवारीले वताएका छन् । बर्दिया जिल्ला कृषि क्षेत्रको लागि उपयुक्त जिल्ला भएकोले कृषिमा बिकास गर्नु पर्नेकुरामा उनले जोड दिएका छन् । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा प्रदेश नम्बर ५का प्रदेश सभासदस्य कुलप्रसाद पोख्रेलले बर्दिया जिल्लालाई कृषि र पर्यटनमय जिल्ला बनाउने प्रतिवद्धता गरेका छन् ।
    महोत्सवमा बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज, दुर्लव जन्तु कृष्णसार, बढैयाताल, नेपालको सबभन्दा लामो गेरुवा कर्णनाली पुलको समेत प्रचारप्रसार भईरहेको छ । महोत्सवमा १सय ५० वटा बिभिन्न प्र्रयोजनका स्टलहरु, थारु कलासंस्कृतिको अबलोकन तथा खानाका परिकारहरुको स्वादका लागि थारु गाँउको ब्यबस्था रहेको छ ।
    २० गते देखि सुरु भएको महोत्सव २९ गते सम्म १० दिन सञ्चालन हुने आयोजकले बताएको छ ।

     

  • २० फाल्गुन २०७४, आईतवार २०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित