मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर क्षेत्रका मासु पसलहरुले मानव स्वास्थ्यमा जोखिम बढाए
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगर क्षेत्रमा मापदण्ड विपरित सञ्चालित मासु को पाइएको छ ।
    नगर क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरुले सरसफाई र मापदण्ड विपरित पशु पंक्षीको वध तथा विक्री वितरण गर्ने पाइएकाले मानव स्वास्थ्यमा जोखिम बढेको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले बताइन् । मंगलबार चौधरीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा आएको र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएको हो । मंगलबार मदनचौक क्षेत्र, दशविगाह क्षेत्र र हवलल्दारपुर क्षेत्रमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरुको स्वास्थ्यमा सञ्चालनमा आएका मासु पसलहरुले गम्भिर खेलवाड गरिरहेको पाइएकाले तत्काल कानुनी दायरामा ल्याउने उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक चौधरीले बताइन् ।
    विशेष गरी दश विगाह क्षेत्रमा रहेका राँगाको मासु विक्री गर्ने व्यवसायीहरुले कुनै पनि मापदण्ड पुरा नगरेको र दुर्गन्धित र फोहरकाबीचमा मासुको विक्री वितरण गरिरहेको अनुगमनका क्रममा भेटिएको अनुगमन टोलीले बताएको छ । सात दिनभित्र मापदण्ड पुरा नगरे यस्ता व्यवसायीहरुको व्यवसाय नै शील गरिने अनुगमन टोलीका सदस्य एवम् नगर कार्यपालिका सदस्य डिल बहादुर परियारले जनाए ।
    यस्तै हवल्दारपुर क्षेत्रमा सडकको किनारमा सञ्चालित फ्रेस हाउसहरु पनि कारवाहीको दायरामा पर्ने अनुगमन समितिले जनाएको छ । यस क्षेत्रमा पनि कुनै पनि मासु व्यवसायीले मापदण्ड पुरा नगरेको र दुर्गन्ध र फोहरकाबीचमा मासुको विक्री वितरण गरिरहेकाले तत्काल मापदण्ड सहित व्यवसाय सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । समितिले मंगलबार दुग्धजन्य वस्तुको विक्री वितरण हुने दुग्ध डेरी तथा पशु वध गर्ने स्थान र मासु विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेको थियो ।
    अनुगमन टोलीमा कोहलपुर नगरपालिकाका, इलाका प्रशासन कार्यालय कोहलपुर, नगरपालिकास्तरीय पशु सेवा कार्यालय, इलाका प्रहरी कार्यालयका प्रतिनिधीहरु र पत्रकार रहेका थिए । अनुगमनलाई निरन्तरता दिइने र अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा आउने जुन सुकै फर्म तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने बताइएको छ ।

  • २२ फाल्गुन २०७४, मंगलवार २१:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित