मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको खजुरा गाउँपालिका दुई वडा पुर्णसुनिश्चितता वडा घोषणा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १३ चैत
    बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ र ६ उढरापुरलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार उक्त २ वडाका सबै बालबालिकालाई खोपमा सहभागिता गराइएपछि पूर्ण खोप वडा घोषणा गरिएको उढरापुर स्वास्थ्य चौकीका प्रमुख तेजबहादुर वलीले घोषणा कार्यक्रममा जानकारी दिए । बिसिजी, दादुरा रुबेला, पोलियो पिसिभी टिडीलगायत आवश्यक सबै खोपमा सबै बालबालिकाको पहुँच वृद्धि गर्दै आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धतासमेत सरोकारवालाहरुले जनाएका छन् । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिवद्धता भन्ने मूल नारालाई आत्मसाथ गर्दै खजुरा गाउँपालिकामा रहेका ८ वडा मध्ये ६ वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकिएको र अब केही समयभित्रै वडा नं. ३ र ४ लाई पनि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेपछि गाउँपालिका नै पूर्ण खोप सुनिश्चित हुने खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताए । उनले निर्वाचनका बेला जारी गरिएका घोषणापत्र र प्रतिवद्धता अनुसार नै खजुरा गाउँपालिका अन्तरगतका वडाहरुमा स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी काम अगाडि बढाइएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका अन्तरगत स्वास्थ्य क्षेत्रका प्रमुख तथा प्राविधिक, स्वयम्सेविका लगायत स्थानीयको सहभागिता थियो ।

     

  • १३ चैत्र २०७४, मंगलवार १६:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित