कोहलपुरमा याल्ड मुन कला केन्द्रको नामबाट भिडियोग्राफि सहितको कला केन्द्र सञ्चालनमा आएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके अध्यक्ष बिरेन्द्र सिंहले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन पछि आप्mनो भनाई राख्दै प्रतिष्ठान बाँके अध्यक्ष सिंहले कोहलपुर क्षेत्र कलाकार उत्पादनमा उर्वर भूमी सावित भएकाले कला संरक्षणमा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कला संस्कृतीको विकास र सम्बद्र्वनमा विशेष भूमिका निर्वाह गर्दै केन्द्र र कोहलपुरको कला क्षेत्रलाई जोड्न केन्द्रका सञ्चालनकलाई आग्रह गरे । कोहलपुर क्षेत्रमा क्रियाशील कला केन्द्र तथा नृत्य प्रशिक्षणहरुले जिल्लास्तरमा मात्र सिमित नभई जिल्ला वाहिर आयोजना हुने महोत्सवहरु तथा सास्कृतिक कार्यक्रमहरुमा उत्कृष्ठ कला प्रदर्शन गर्न सफल भएको भन्दै प्रतिष्ठानबाट भरपुर सहयोग हुने प्रतिबद्वता व्यक्त गरे ।
कार्यक्रममा केन्द्र सञ्चालनमा ल्याउने सञ्चालक कुन्दन चन्दलाई याल्ड मुन मिडिया प्रा.ली.का निर्देशक यसु के.सी., ओम साइबाबा कला केन्द्रका प्रबन्ध निर्देशक सोझेन चौधरी, पूmलवारी एजुकेशनल एकेडेमीका सञ्चालक धन बहादुर शाहीले केन्द्रको उज्जवल भविष्यको कामना सहित शुभकामना दिएका थिए । कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सचिव गणेश विष्टले सञ्चालन गरेका थिए ।